Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु


नाइजेरिया । उत्तरी नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा एक सय ४० जनाभन्दा बढीको मृत्यु भएको छ भने १० भन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार राति उत्तरी जिगावा राज्यमा ट्याङ्कर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो ।

प्रहरी प्रवक्ता लवान शिसु आदमले माजिया सहरमा एउटा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्याङ्कर पल्टिएको जानकारी दिए ।

दुर्घटनापछि स्थानीय बासिन्दाहरू सवारी साधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन संकलन गरिरहेका थिए । इन्धन ट्याङ्कर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् ।

नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको बेला इन्धन अझै बहुमूल्य वस्तु बनेको छ । राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ र प्रायः अभाव हुने गर्छ ।

गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्यवृद्धि गरेपछि निराशा अझै बढेको छ ।

नाइजेरियामा ट्याङ्करहरू संलग्न दुर्घटनाहरू बारम्बार हुने गर्छन् । संघीय सडक सुरक्षा आयोग (एफआरएससी) ले सन् २०२० मा एक हजार पाँच सय ३१ दुर्घटना अभिलेख गरेको छ, जसमा पाँच सय ३५ जनाको मृत्यु भएको थियो ।

गत महिना उत्तर–पश्चिमी निगर राज्यमा एउटा इन्धन ट्याङ्कर यात्रु र गार्ईवस्तु बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा ५९ जनाको मृत्यु भएको थियो । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x