हिजबुल्लाहद्वारा आइतबार इजरायलमाथि एक सय क्षेप्यास्त्र प्रहार
जेरुसेलम । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा एक सयभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ)ले जनाएको छ ।
उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन् । यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको अलजजिराले जनाएको छ ।
इजरायली सेनाले उक्त आक्रमणमा हेजबुल्लाहका प्रमुख व्यक्तित्वहरु एहाग अब्बास सलामेह, रचा अब्बास इचा र अहमद अली हसिनको मृत्यु भएको जनाएको छ ।
लेबनानको राजधानीमा रहेको भूमिगत हतियार कारखानामा भएको कारबाहीमा उनीहरूको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । यसैबीच इजरायलले हिजबुल्लाहले इजरायली नागरिकमाथि आतंक मच्चाइरहेको र आईडीएफले तीन सय ७८ दिनसम्म निरन्तर आक्रमण गरिरहेको जनाएको छ । रासस÷एएनआइ
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- हिजबुल्लाहद्वारा आइतबार इजरायलमाथि एक सय क्षेप्यास्त्र प्रहार
- सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच समझदारी
- पञ्चकन्या स्टिललाई ग्रिन–प्रो प्रमाणपत्र
- सामसुङको ग्यालेक्सी एस२४ एफई सार्वजनिक
- नेपाल बीमा प्राधिकरण र स्कुल अफ म्याथमेटिकल साइन्सबीच सम्झौता
- ग्लोबल आइएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता
- राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया