Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको जीडीपी वृद्धि सात प्रतिशत पुग्ने अनुमान

भारतको जीडीपी वृद्धि सात प्रतिशत पुग्ने अनुमान


नयाँदिल्ली । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आर्थिक वर्ष २०२४/२५ को लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको अनुमान सात प्रतिशत कायम गरेको छ । यससँगै आर्थिक वर्ष २०२५/२६ को कुल गार्हस्थ्य उत्पादनको अनुमान पनि साढे छ प्रतिशत कायम गरिएको छ ।

यसअघि जुलाईमा आईएमएफले आर्थिक वर्ष २०२४/२५ को लागि भारतको जीडीपी वृद्धि अनुमान शून्य दशमलव २० प्रतिशतले सात प्रतिशतमा बढाएको थियो । त्यसपछि आर्थिक वर्ष २०२५/२६ को कुल गार्हस्थ्य उत्पादन अनुमान छ दशमलव पाँच प्रतिशत रहेको भनिएको थियो । गत अप्रिलमा पनि आईएमएफले आर्थिक वर्ष २६ का लागि सोही अनुमान गरेको थियो ।

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले जीडीपी वृद्धि प्रक्षेपण सात दशमलव दुई प्रतिशत राखेको छ । गत अगस्टमा विश्व बैंकले आर्थिक वर्ष २०२४/२५का लागि भारतको जीडीपी वृद्धि प्रक्षेपण छ दशमलव ६० प्रतिशतबाट बढाएर सात प्रतिशत पुर्याएको थियो । त्यसपछि विश्व बैेंकले गत आर्थिक वर्ष २०२४मा भारतीय अर्थतन्त्र आठ दशमलव दुई प्रतिशतको गतिमा वृद्धि भएको बताएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x