रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी ७ को निर्णय
वासिङ्टन । संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी७ का नेताहरूले रोक्का राखिएको रूसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई सहयोगस्वरुप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको एक विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।
सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण सुरु गर्ने लक्ष्यका साथ लगभग ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको बताएका छन् ।
‘युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ’, जी७ नेताहरूले बताएका छन् । अन्तर्राष्ट्रिय मुद्र्रा कोष र विश्व बैंकले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको यो घोषणा आएको हो ।
‘युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने हाम्रो संकल्पबाट हामी पछि हट्ने छैनौँ’, समूहले प्रतिबद्धता जनाएको छ । उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन् । रासस÷एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी ७ को निर्णय
- सिंहदरबार कहिलेदेखि मर्यादित होला ?
- तिहारको आर्थिक महत्व र स्वास्थ्य
- मधुमासको आत्मरति !
- गोदावरीमा मण्डला प्रतियोगिता हुने
- उद्योग क्षेत्रमा बारम्बार विद्युत् लाइन नकाट्न आग्रह
- नेपालको पर्यटन प्रवर्द्धनका लागि भाइबरसँग सहकार्य
- महिलालाई नीतिनिर्माण प्रक्रियामा साझेदार बनाउन सरकार प्रतिबद्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया