एयरलाइन्समा बमको त्रास, सामाजिक सञ्जाललाई कारबाही गर्ने चेतावनी
नयाँदिल्ली । भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणामी कारबाही’ गर्ने चेतावनी दिएको छ ।
बमको चेतावनीपछि भारतीय विमानहरू गन्तव्यबाट क्यानाडा र जर्मनीतर्फ जान बाध्य भएका थिए भने ती विमानलाई लडाकु विमानले बेलायत र सिंगापुरमाथिको आकाशमा पहरा दिएका थिए ।
भारत सरकारले चेतावनीको संख्यामा देखिएको वृद्धि ‘अनियन्त्रित र जोखिमपूर्ण’ रहेको बताएको छ । यदि उनीहरूले ‘गलत सूचना पठाउने कार्यलाई तुरुन्तै रोकेनन्’ भने प्रशासनले सामाजिक सञ्जाललाई ‘कानुनमा व्यवस्था भएअनुसार कारबाही’ गर्ने चेतावनी दिएको छ ।
‘एयरलाइन्समा बम पड्काउने चेतावनीजस्ता दुर्भावनापूर्ण कार्यका घटनाहरूले सार्वजनिक व्यवस्था र राज्यको सुरक्षामा खतरा निम्त्याउन सक्छ’, प्रशासनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
’यस्ता भ्रामक चेतावनीको संख्याको वृद्धिले नागरिकको उडान र सुरक्षासम्बन्धी मनोबललाई असर गर्नुका साथै देशको आर्थिक सुरक्षालाई पनि अस्थिर बनाउँछ,‘ विज्ञप्तिमा भनिएको छ ।
प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार संस्थाका अनुसार अक्टोबरको मध्यदेखि अहिलेसम्म कम्तीमा दुई सय ७५ वटा विमानमा बम विस्फोटको धम्की दिइएको छ । अन्य भारतीय सञ्चारमाध्यमका अनुसार यो संख्या चार सयको हाराहारीमा हुन सक्छ ।
‘कुनै पनि तेस्रो पक्ष जानकारीको लागि दायित्वको छुट पाएका त्यस्ता मध्यस्थहरूले दायित्वहरू पालना गरेनन् भने उनीहरूसँगको सम्झौता लागू हुने छैन‘, विज्ञप्तिमा भनिएको छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नगरकोट भ्रमण वर्षको तीव्र तयारीमा चाँगुनारायण नगरपालिका
- एकैपटक दर्जनौँ हाइगर बस नेपाली बजारमा
- स्काई वर्थद्वारा बधाञ्जली ट्रेडलाई सम्मान
- तिहारमा बससेवाले टिकट बुकिङमा पाँच प्रतिशतसम्म छुट दिने
- ग्लोबल आइएमई बैंक ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
- ‘अर्थतन्त्रलाई गतिशील बनाउन सम्पत्ति व्यवस्थापन महत्वपूर्ण’
- प्रभु क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह मनाउँदै
- काठमाडौंवासीलाई बाह्रैं महिना पानी खुवाउने मन्त्री यादवको प्रतिबद्धता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया