Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारशक्तिकान्त बने विश्वको शीर्ष केन्द्रीय बैंकर

शक्तिकान्त बने विश्वको शीर्ष केन्द्रीय बैंकर


नयाँदिल्ली । भारतीय केन्द्रीय बैंक रिजर्व बैंक इन्डिया (आरबीआई)का गभर्नर शक्तिकान्त दास लगातार दोस्रो वर्ष विश्वको शीर्ष केन्द्रीय बैंकर बनेका छन् । शक्तिकान्त दासले केन्द्रीय बैंकको रिपोर्ट कार्ड २०२४ मा फेरि ए प्लस ग्रेड पाएका छन् । यो अवार्ड अमेरिकाको वाशिङटन डिसीमा रहेको ग्लोबल फाइनान्सले आरबीआई गभर्नरलाई प्रदान गरेको हो ।

आरबीआईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शक्तिकान्त दासको अवार्ड पाएका केही तस्बिरहरू सेयर गरेको छ । ग्लोबल फाइनान्सले दुई महिनाअघि यो अवार्ड घोषणा गरेको थियो ।

शक्तिकान्त दासलाई मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि, मुद्रामा स्थायित्व र ब्याजदर नियन्त्रणका लागि यो सम्मान प्रदान गरिएको हो । उनी गत वर्ष पनि शीर्ष केन्द्रीय बैंकर निर्वाचित भएका थिए । उनले गतवर्ष पनि ए प्लस रेटिङ पाएका थिए । गतवर्ष जुनमा लन्डनमा सम्पन्न सेन्ट्रल बैंकिङ अवार्ड २०२३ मा दासलाई ‘गभर्नर अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको थियो ।

ग्लोबल फाइनान्स पत्रिकाका अनुसार उनीहरुले दिने ग्रेडहरु मुद्रास्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्यहरु, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’को स्केलमा आधारित छन् । शक्तिकान्त दास आरबीआईका २५औँ गभर्नर हुन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x