एलोन मस्कविरुद्ध मुद्दा दायर
वासिङ्टन । फिलाडेल्फियाका मुख्य अभियोजकले दर्ता भएका मतदाताहरूलाई दिइने अर्बपति एलोन मस्कको १० लाख डलरको उपहार रोक्न सोमबार मस्क र उनको ट्रम्प समर्थक राजनीतिक कार्य समितिविरुद्ध मुद्दा दायर गरेका छन् ।
स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको अमेरिका पीएसीविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गरेका हुन् । ‘फिलाडेल्फिया जिल्ला अटर्नीलाई सार्वजनिक उपद्रव र अवैध चिठ्ठासहित अनुचित व्यापार अभ्यासहरूबाट जनतालाई संरक्षण गर्ने जिम्मेवारी दिइएको छ’, क्रासनरले विज्ञप्तिमा भने, ‘जिल्ला अटर्नीलाई निर्वाचनको अखण्डतामा हस्तक्षेपबाट जनतालाई संरक्षण गर्ने जिम्मेवारी पनि दिइएको छ ।’
गत हप्ता न्याय मन्त्रालयले मस्कको अमेरिका पीएसीलाई एक पत्र पठाउँदै उसको १० लाख डलरको उपहारले संघीय कानुन उल्लंघन गर्नसक्ने चेतावनी दिएको थियो । उक्त कानुनले मतदान दर्ताका लागि मानिसहरूलाई भुक्तानी गर्न प्रतिबन्ध लगाउँछ ।
एक्सका मालिकसमेत रहेका ५३ वर्षीय मस्कले जुलाईमा समर्थन गरेपछि रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गर्न आफ्नो लाखौँ डलर, समय र उल्लेखनीय प्रभाव लगाएका छन् । मस्कले निर्वाचनका लागि कोष सङ्कलन गर्ने संस्था, आफ्नो व्यक्तिगत ट्रम्प समर्थक राजनीतिक कार्य समितिलाई ११ करोड ८० लाख डलर दान गरेको बताइएको छ ।
उनी पेन्सिलभेनियामा ट्रम्पको चुनावी ¥यालीमा मञ्चमा देखा परेका छन र नोभेम्बर चुनावमा महत्वपूर्ण मानिएको यस स्विङ स्टेटमा आफ्नै टाउन हल शृङ्खला आयोजना गरेका छन् ।
पहिले बाराक ओबामालाई समर्थन गरेका तर पछिल्ला वर्षहरूमा क्रमशः कन्जरभेटिभ हुँदै गएका मस्कले एक्समा आफ्ना २० करोड २० लाख फलोअर्सहरूलाई दैनिकरूपमा ट्रम्पको प्रशंसा र उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसको निन्दा गर्ने सन्देशहरू दिइरहेका छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
- राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने
- पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण
- ४६ अंकले उक्लियो शेयर बजार, सबै सुचक हरियो
- चौबिस फरार प्रतिवादी पक्राउ
- विपद् प्रभावितलाई लत्ताकपडा वितरण
- विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ: मन्त्री दाहाल
- कृषि वैज्ञानिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया