Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतबाट छ महिनामा छ अर्ब डलरको आइफोन निर्यात

भारतबाट छ महिनामा छ अर्ब डलरको आइफोन निर्यात


नयाँदिल्ली । भारतबाट आईफोन निर्यात बढेको छ । अप्रिलदेखि सेप्टेम्बरसम्म (छ महिना)मा भारतले छ अर्ब अमेरिकी डलर (लगभग ५०,४५४ करोड भारतीय रुपैयाँ) मूल्यको ‘मेड इन इन्डिया’ आइफोन निर्यात गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशत बढी हो ।

चालू आर्थिक वर्ष (२०२४–२५) सम्ममा निर्यातको आँकडा १० अर्ब डलर (करिब ८४ हजार ८६ करोड भारतीय रुपैयाँ) पुग्ने बताइएको छ ।

एप्पलले आइफोन उत्पादनमा चीनमाथिको निर्भरता घटाउन चाहेकाले भारतबाट निर्यात बढेको बताइएकाके छ । अमेरिका र चीनबीचको तनावका कारण आइफोन निर्माता एप्पलले चीनमाथिको आफ्नो निर्भरता घटाउने प्रयास गरिरहेको छ । यसका लागि कम्पनीले भारतमा आफ्नो म्यानुफ्याक्चरिङ नेटवर्कलाई द्रुत गतिमा विस्तार गरिरहेको छ । यसमा स्थानीय अनुदान, दक्ष जनशक्ति र भारतको प्राविधिक क्षमताले एप्पललाई धेरै सहयोग गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x