ह्यारिस र ट्रम्पको अमेरिकी चुनावी अभियानको अन्तिम दौड
वासिङ्टन डिसी । कट्टर प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सोमबार अन्तिम तीव्र चुनावी अभियान सुरु गरेका छन् । दुवैले अमेरिकाको सबैभन्दा कडा र अस्थिर राष्ट्रपतीय चुनावमा जित्नैपर्ने पेन्सिलभेनिया राज्यमा प्रचार गरेका छन् । रिपब्लिकन ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि ‘पहिरो’ जितको बाचा गरेका छन् भने डेमोक्रेट ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयासमा ‘गति’ आफ्नो पक्षमा रहेको बताएकी छन् ।
यद्यपि मतदान दिवसको पूर्वसन्ध्यामा सर्वेक्षणहरूले फरक कथा बताउँछन्– राष्ट्रियस्तरमा र निर्णायक सात स्विङ राज्यहरूमा पूर्ण गतिरोध देखिएको छ । दुईपटक ट्रम्पको हत्या प्रयास र ह्यारिसको आश्चर्यजनक ढिलो प्रवेशसहितको नाटकीय मोड लिएको यो दौड अब सबैभन्दा कडा लडाईँ भएको क्षेत्रमा केन्द्रित हुँदैछ ।
ह्यारिसले पूरै दिन रस्ट–बेल्ट राज्य पेन्सिलभेनियामा प्रचार गर्नेछन् र फिलाडेल्फियामा गायिका लेडी गागासहितको विशाल ¥यालीमा समापन गर्नेछन । ट्रम्प नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र त्यसपछि मिसिगन जानेछन् ।
पेन्सिलभेनिया कति महत्वपूर्ण छ भन्ने संकेतका रूपमा ट्रम्प र ह्यारिस दुवैले औद्योगिक सहर पिट्सबर्गमा प्रतिद्वन्द्वी ¥यालीहरू आयोजना गर्नेछन् । जनसंख्याको आधारमा प्रभाव प्रदान गर्ने अमेरिकी इलेक्टोरल कलेज प्रणालीअन्तर्गत पेन्सिलभेनिया सबैभन्दा ठूलो स्विङ स्टेट पुरस्कार हो । दुवै पक्षले ठूलो सुरुआती मतदान संख्याबाट उत्साहित भएको बताएका छन् । अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मानिसले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० मा खसेको कुल मतको लगभग आधा हो । सन् २०२४ को ह्वाइट हाउस दौडको अविश्वसनीय नजिकले विभाजित संयुक्त राज्य अमेरिकालाई प्रतिविम्बित गर्छ । निर्वाचनले दृष्टिकोण धेरै फरक भएका दुई उम्मेदवारबीच छनोट गर्दैछ ।
पूर्वराष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको खोजीमा आफ्नो अँध्यारो र हिंसात्मक वाणीलाई दोब्बर बनाएको छन् । यसले उनलाई पहिलो दोषी ठहरिएको अपराधी र ७८ वर्षको उमेरमा निर्वाचित भएको सबैभन्दा पुरानो प्रमुख पार्टी उम्मेदवार बनाउनेछ ।
उपराष्ट्रपति ह्यारिसले भने राष्ट्रपति जो बाइडेनले जुलाईमा दौडबाट नाम फिर्ता लिएपछि डेमोक्रेटिक टिकटको शीर्षमा आश्चर्यजनक उदय गरेकी हुन् । ह्यारिसले गर्भपतन एउटा प्रमुख मुद्दा हुन सक्ने आशा गरेकी छिन् र विशेषगरी महिला मतदाताहरूसँग यसले ट्रम्पलाई चोट पु¥याउन सक्छ । ट्रम्पले आप्रवासी र अर्थतन्त्रमा ध्यान केन्द्रित गरेका छन् र राजनीतिक विरोधीहरूलाई ‘भित्रैबाट शत्रु’ भनेका छन् । उनीहरू दुवैले स्विङ राज्यहरूमा तीव्र जिग–ज्याग यात्रा गरेका छन् । कोलाहलपूर्ण ¥यालीहरू र ह्यारिसको प्रख्यात टेलिभिजन कार्यक्रम ‘स्याटर्ड नाइट लाइभ’मा समेत उपस्थिति रहेको छ । आइतबार चुनाव प्रचारमा ट्रम्पले समर्थकहरूसँग पत्रकारहरूलाई गोली हान्दा उनलाई वास्ता नहुने कुरा गरे, निराधार चुनावी धाँधलीको आरोप लगाए र कागजात नभएका आप्रवासीहरूद्वारा गरिएका अपराधहरूको विस्तृत विवरण दिए ।
‘कमला–तिमी बर्खास्त छौँ, बाहिर जाऊ’, ट्रम्पले जर्जियाको मेकनमा समर्थकहरूलाई भने । उनले सन् २०२० को पुनर्निर्वाचनमा बाइडेनसँग हारेपछि ह्वाइट हाउस ‘छोड्न नहुने थियो’ भने । त्यसपछि उनले नतिजा उल्ट्याउने प्रयास गरे र यो २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमणमा टुगिङ्यो । उनले फेरि पराजय स्वीकार नगर्ने भन्ने डर बढ्दै गएको छ ।
निर्वाचनले मध्यपूर्वमा द्वन्द्व र युक्रेनमा रुसको युद्धमा गहिरो प्रभाव पार्न सक्ने भएकाले विश्वले यो चुनावलाई चिन्तापूर्वक हेरिरहेको छ । यसैबीच अभियानका अन्तिम दिनहरूमा दुवै उम्मेदवारले उच्च–प्रोफाइल समर्थकहरूलाई परिचालन गरेका छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ह्यारिस र ट्रम्पको अमेरिकी चुनावी अभियानको अन्तिम दौड
- स्पेनका राजारानीमाथि नागरिकले माटो हाने
- इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
- एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु
- अधिकारी नास्टको आईसीटी उपसमिति सदस्य मनोनित
- बाल्ट्रा नेपालकोे कौशलटारमा नयाँ रिटेल आउटलेट
- ‘पठाओ पोइन्ट्स’ र रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा
- एभरेस्ट कलरले आईपीओ जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया