हसिना शासनकालमा अपहरण गरिएका दुई सय बंगलादेशी अझै बेपत्ता
ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब दुई सय जना बंगलादेशीहरू अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मंगलबार बताएका छन् ।
गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शनपछि हसिना हेलिकोप्टरमार्फत छिमेकी देश भारत भागेकी थिइन् । हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौँको गैरकानुनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो ।
हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्काशनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ ।
आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताएका छन् । उनीहरूले कानुन प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभइ आफ्नै एजेन्डा र राजनीतिक हितका लागि प्रयोग गरेको बताएका छन् ।
आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आयरल्यान्डद्वारा पहिलो पटक प्यालेस्टिनी राजदूतको नियुक्ति स्वीकार
- हसिना शासनकालमा अपहरण गरिएका दुई सय बंगलादेशी अझै बेपत्ता
- सिप्रदीले हस्तान्तरण गर्यो टाटा एलपीओ१६२२-६२
- अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
- उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
- टीभीएसको बाइक खरिदमा उतीम लाल साहले जिते नगद १० लाख
- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- गुह्येश्वरी मर्चेन्ट फाइनान्सको नाफा ऋणात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया