विदेशी लगानीका कम्पनीहरूका लागि थप लचिलो बन्दै चीन
बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीनले अन्तर्राष्ट्रिय वातावरणमा जतिसुकै परिवर्तन भए पनि बाहिरी संसारकालागि चिनियाँ ढोका फराकिलो पारिएको बताएका छन् । सातौं चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपोमा खरिदकर्ताहरूसँगको भेटमा प्रधानमन्त्री लीले यस्तो बताएका हुन् ।
उनले वैदेशिक लगानीमा सञ्चालित उद्योगहरू चिनियाँ बजारप्रति आशावादी रहेको बताउँदै आफूले थप लगानी भित्र्याउने गरी काम गर्ने बताए । सुस्त विश्वव्यापी आर्थिक सुधारको बाबजुद चीनको समग्र आर्थिक परिचालन सामान्यतया स्थिर रहेको र प्रगति भइरहेको उनले बताए । उनले चिनियाँ बजार अझै पनि विश्वव्यापी उद्यमहरूको लागि उत्तम विकल्पमध्ये एक भएकाके बताए ।
चीनले बजार पुहुँचलाई सहज बनाउने र दूरसञ्चार, शिक्षा, संस्कृति र चिकित्सा सेवा जस्ता क्षेत्रहरूमा खुलापनको व्यवस्थित विस्तारलाई निरन्तरता दिने प्रधानमन्त्री लीले बताए । उनले विदेशी उद्यमहरूको निर्यात गन्तव्यमात्र नभई लगानी र उद्यमशीलताको भूमि बन्ने विश्वास व्यक्त गरे र चीन र विश्व बजारबीचको घनिष्ठ सम्बन्धलाई सहज बनाइने घोषणा गरे ।
उनले चिनियाँ र विदेशी उद्यमीहरूको आर्थिक भूमण्डलीकरणलाई दृढताका साथ समर्थन जारी राख्ने, प्राविधि विकास र औद्योगिक स्तर वृद्धिलाई प्रवद्र्धन गर्ने र विश्व अर्थतन्त्रको वृद्धिलाई प्रोत्साहन गरिने बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- विदेशी लगानीका कम्पनीहरूका लागि थप लचिलो बन्दै चीन
- आयरल्यान्डद्वारा पहिलो पटक प्यालेस्टिनी राजदूतको नियुक्ति स्वीकार
- हसिना शासनकालमा अपहरण गरिएका दुई सय बंगलादेशी अझै बेपत्ता
- सिप्रदीले हस्तान्तरण गर्यो टाटा एलपीओ१६२२-६२
- अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
- उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
- टीभीएसको बाइक खरिदमा उतीम लाल साहले जिते नगद १० लाख
- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया