Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता

जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता


वासिङट्न । कमला ह्यारिसमाथि अमेरिकी निर्वाचनमा आश्चर्यजक जित हासिल गरेपछि विश्व नेताहरू बुधबार डोनाल्ड ट्रम्पलाई बधाई दिन तत्पर देखिएका छन् । ट्रम्पको चुनावी जित पुष्टि हुनुअघि नै विश्वका धेरै नेताहरुले ट्रम्पलाई बधाई दिएका छन् ।

जापानका प्रधानमन्त्री सिगेरु इसिबाले ‘जापान–अमेरिका गठबन्धन र जापान–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन ट्रम्पसँग नजिकबाट काम गर्ने’ आशा गरेको पत्रकारहरूलाई बताए । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई सन्देशमा ‘हाम्रा दुई राष्ट्रबीचको सहयोगका सबै क्षेत्रहरूमा नजिक र पारस्परिक लाभदायक साझेदारी जारी राख्न’ तत्पर रहेको बताएका छन् ।

साउदी अरेबियाका राजा राजा सलमान र उनका छोरा शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पलाई पठाएको तारमा ‘दुई मित्रदेश र जनताबीचको नजिकको सम्बन्धलाई सबैले सबै क्षेत्रमा बलियो र विकसित गर्न चाहन्छन्’ भन्दै प्रशंसा गगरेको आधिकारिक साउदी प्रेस एजेन्सीले जनाएको छ ।

गाजा द्वन्द्वमा प्रमुख मध्यस्थकर्ता र मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डाको आतिथ्यकर्ता कतारका अमिर शेख तमिम बिन हमद अल–थानीले ‘क्षेत्र र विश्वव्यापी रूपमा सुरक्षा र स्थिरता प्रवर्द्धन गर्न फेरि सँगै काम गर्न’ तत्पर रहेको बताए ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले पनि ट्रम्पलाई बधाई दिएका छन् । ‘टर्की–अमेरिका सम्बन्ध बलियो हुनेछ, क्षेत्रीय र विश्वव्यापी संकट र युद्धहरू, विशेषगरी प्यालेस्टिन मुद्दा र रुस–युक्रेन युद्ध समाप्त हुनेछन् भन्ने मलाई आशा छ’, उनले वक्तव्यमा भनेका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले ट्रम्पको ह्वाइट हाउस फिर्तीले मध्यपूर्वमा शान्ति ल्याउन मद्दत गर्नसक्ने आशा व्यक्त गरे । ‘म उहाँलाई सबै सफलताको कामना गर्छु र सँगै शान्ति प्राप्त गर्न, क्षेत्रीय स्थिरता कायम राख्न र इजिप्ट–संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक साझेदारी सुदृढ गर्न तत्पर छु’, उनले भने ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ट्रम्पलाई बधाई दिँदै भने, ‘तपाईंको बलियो नेतृत्वमा, दक्षिण कोरिया–अमेरिका गठबन्धन र अमेरिकाको भविष्य अझ उज्यालो चम्कनेछ । तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु ।’ इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले बधाई दिँदै भने, ‘इटाली र संयुक्त राज्य अमेरिका अटल गठबन्धनद्वारा जोडिएका ‘भगिनी’ राष्ट्रहरू हुन् ।ण्द्दज्ञड युरोपमा ट्रम्पका सबैभन्दा नजिकका सहयोगी मानिने हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले यो परिणामलाई ‘सम्भवतः पश्चिमी राजनीतिक इतिहासमा सबैभन्दा ठूलो पुनरागमन’ भनेका छन् ।

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पनि नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अमेरिकाको राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालका लागि तपाईंलाई सफलताको शुभकामना । तपाईंको कार्यकाकलमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई एतिहासिक विजयको लागि बधाई दिएका छन् । उनले ट्रम्पले आफ्नो अघिल्लो कार्यकालको सफलतालाई निरन्तरता दिने आशा व्यक्त गर्दै भारत–अमेरिका सबन्धलाई थप बजबुत बनाउाने विषयमा छलफल हुने विश्वास व्यक्त गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x