Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय सेयरबजारमा गिरावट

भारतीय सेयरबजारमा गिरावट


नयाँदिल्ली । बिहीबार भारतीय सेयरबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डलर केही मजबुत भएको छ भने अमेरिकी सेयरबजार बढेको छ । यही कारण विदेशी लगानीकर्ताहरु भारतीय सेयरबजारबाट बाहिरिँदै अमेरिकी कम्पनीहरुको सेयर खरिद गर्न पुगेका छन् । जसको असरले बिहीबार भारतीय सेयरबजारमा गिरावट देखियो ।

बम्बे स्टक एक्सचेन्जमा परिसूचक सेन्सेक्स आठ सय ३६ अङ्कले घटेर ७९ हजार पाँच सय ४१ विन्दुमा झरेको छ । अर्को सूचक निफ्टी पनि दुई सय ८४ अङ्कले भटेर २४ हजार एक सय ९९ विन्दुमा झरेको छ ।

सेन्सेक्सका ३० मध्ये २९ वटाको सेयरमूल्य घटेको छ भने एउटाको बढेको छ । यस्तै निफ्टीका ५० स्टकमध्ये ४६ वटाको मूल्य घटेको छ भने चारवटा बढेको छ । एनएसईका सबै क्षेत्री परिसूचकहरु घटेर बन्द भएका छन् । धातु क्षेत्रको सूचक सबैभन्दा धेरै दुई दशमलव ७३ प्रतिशत घटेको छ ।

एसियाको सेयरबजारमा जापानको निक्केई शून्य दशमलव २५ प्रतिशतले घटेको छ । यस्तै कोरियाको कोस्पी शून्य दशमलव शून्य ४४ प्रतिशत बढेको छ भने चीनको सांघाई कम्पोजिट दुई दशमलव ५७ प्रतिशत बढेर बन्द भएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x