ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि उनका सबैभन्दा ठूलो समर्थक अर्बपति व्यापारी एलोन मस्कको सम्पत्ति चार दिनमा साढे २६ अर्ब डलरले बढेर दुई सय ९० अर्ब डलर पुगेको छ । टेस्लाको सेयर करिब १९ प्रतिशत बढेको छ ।
मस्कले ट्रम्पको चुनावी अभियानमा एक सय १९ मिलियन डलर खर्च गरे भने आफ्नो सोसल मिडिया प्लेटर्फर्म एक्समा ट्रम्पको समर्थनमा प्रचारप्रसार गरेका थिए । ब्लुम्बर्ग बिलियनर्स इन्डेक्सका अनुसार चुनावी नतिजापछि मस्कको कम्पनीको सेयरमा भएको वृद्धिसँगै उनको कुल सम्पत्तिमा १० प्रतिशतभन्दा धेरै वृद्धि भएकोे छ ।
अमेरिकामा दोस्रो पटक डोनाल्ड ट्रम्पको जित भएपछि टेस्लाका मालिक एलोन मस्कलाई मात्रै फाइदा भएको छैन । उनीबाहेक अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति सात दशमलव १४ अर्ब डलरले बढेर दुई सय २८ अर्ब डलर पुगेको छ । यसपछि विश्वका चौथो धनी व्यक्ति ओरेकलका सह–संस्थापक तथा सीटीओ ल्यारी एलिसनको नेटवर्थ नौ दशमलव ८८ अर्ब डलरले बढेर एक सय ९३ अर्ब डलर पुगेको छ । विश्वका नवौँ धनी व्यक्ति, लगानीकर्ता र बर्कशायर ह्याथवेका अध्यक्ष वारेन बफेटको नेटवर्थ सात अर्ब ५८ करोड डलरले बढेर एक सय ४८ अर्ब डलर पुगेको छ ।
ट्रम्पले चुनावमा विजय हासिल गरेपछि आफ्नो विजयी घाषणमा धेरै पटक एलोन मस्कको नाम लिएिका थिए । उनले मस्कलाई नयाँ स्टार हुन मात्रै भनेनन सुपर जीनियस हुन भने । उनले आफ्नो देशका प्रतिभाशाली मानिसहरुलाई जोगाउनुपर्नेमा जोड दिएका थिए । त्यसपछिका दिनमा अमेरिकी सेयरबजारमा मस्कको कम्पनीहरुको सेयरमूल्यमा व्यापक वृद्धि भइरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
- दक्षिण कोरियाको लागि इ७ भिसा तत्काल लागू नगर्ने
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया