युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
रोम । युक्रेनमा युद्ध अन्त्यका लागि न्यायोचित समाधान हुन नदिनुमा रूसको मात्र जिम्मेवारी रहेको जी–७ ले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘युद्ध अन्त्य र शान्तिका लागि एक मात्र बाधक रूस बनेको छ’, औद्योगिक राष्ट्रहरूको समूह ‘जी सेभेन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, जापान र संयुक्त राज्य अमेरिका सम्मिलित जी–७ ले ’‘प्रतिबन्ध, निर्यात नियन्त्रण र अन्य प्रभावकारी उपायमार्फत रूसमाथि गम्भीर मूल्य थोपर्ने आफ्नो प्रतिबद्धता’ पुष्टि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, क्षेत्रीय अखण्डता र यसको पुनःर्निर्माणका लागि युक्रेनको लडाईंमा हामी ऐक्यवद्धताका साथ उभिएका छौँ । रूसको आक्रमणले विश्वभरका कमजोर मानिसहरूमा पारेको प्रभावलाई पनि हामीले बुझेका छौँ ।’ रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया