जापानको आर्थिक वृद्धिदर सुस्त
टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्नेे प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्याङ्कले देखाएको छ । जापानमा दशकौँ यताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ ।
मन्त्रिपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बीचमा देशको वृद्धि दर शून्य दशमलव दुई प्रतिशतले बढेको र यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ । तथ्याङ्कले बजारको अपेक्षा पूरा गरेको भए पनि अघिल्लो तीन महिनामा संशोधित शून्य दशमलव पाँच प्रतिशतको वृद्धिबाट सुस्ततालाई चिह्नित गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा जीडीपी शून्य दशमलव नौ प्रतिशतले वृद्धि भएको छ, जुन अप्रिल–जुनमा संशोधित दुई दशलमव दुई प्रतिशतको तुलनामा निकै कम हो ।
मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले दशकौंसम्म स्थिरता र हानिकारक अपस्फीतिको चपेटामा परेको अर्थतन्त्रको ‘क्रमिक पुनरुत्थान’को अपेक्षा सरकारले गरेको बताएका छन् । उनले पत्रकारसँगको नियमित भेटमा भने, ‘हाम्रो देश एक महत्वपूर्ण दोबाटोमा छ किनकि यो ज्याला वृद्धि र लगानीद्वारा सञ्चालित वृद्धिमा आधारित अर्थव्यवस्थामा सङ्क्रमण गर्न लागेको छ ।’
गत महिना सत्तारुढ गठबन्धनलाई १५ वर्षयताकै सबैभन्दा खराब परिणाम दिएको आम निर्वाचनमा नेतृत्व गरे पनि इशिबाले गत सोमबार संसदीय मतदानमा विश्वासको मत प्राप्त गर्न सफल भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया