जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
अजरबैजान । युरोपेली संघ (ईयू)ले जलवायु परिवर्तनका कारण हुने विश्वव्यापी तापमान वृद्धिबाट प्रभावित गरिब देशहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन नेतृत्व लिने बताएको छ । सबै धनी प्रदूषक मुलुकहरूले गरिब तथा प्रभावित मुलुकहरूलाई ‘योगदान गर्ने जिम्मेवारी’ रहेको ईयूका जलवायुमामिला प्रतिनिधि वोप्के होक्स्ट्राले सोमबार बताएका हुन् ।
युरोपेली संघ विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग जुध्न मद्दत गर्न पैसाको सबैभन्दा ठूलो योगदानकर्ता हो । चीनजस्ता प्रमुख उदीयमान अर्थ व्यवस्थाहरूले पनि यसमा सहयोग गर्न सहमत छन् । तर विश्वका प्रमुख अर्थव्यवस्थाहरूले योगदानको आफ्नै सीमा तोकेका कारण यो मुद्दाले अपेक्षाअनुसार गति लिनसकेको छैन ।
अजरबैजानमा नोभेम्बर ११ देखि २२ सम्म जारी कोप २९ जलवायु शिखर सम्मेलनमा गरिब देशहरूमा जलवायु कार्यका लागि आर्थिक सहयोग बढाउन राष्ट्रहरू नयाँ सम्झौतामा पुग्ने अपेक्षा गरिएको छ । तर कसले तिर्ने, कति तिर्नेजस्ता नयाँ वित्तीय सम्झौताको संरचनाका विषयका कारण वार्ताले गति लिनसकेको छैन ।
ईयूका जलवायु आयुक्त होक्स्ट्राले बाकुमा पत्रकारहरूसँग भने, ‘हामी जलवायु वित्त सहयोगका लागि नेतृत्व गर्ने कामलाई जारी राख्नेछौँ । हाम्रो हिस्सा सोभन्दा पनि बढी सहयोग हामीले सधैँ गर्दै आएका छौँ ।’
“सम्पन्नतासँगै जिम्मेवारी पनि आउँछ’, उनले क्षतिपूर्ति रकमका लागि आनाकानी गरिरहेका प्रमुख अर्थतन्त्रहरूलाई संकेत गर्दै भने । उत्सर्जन र यसका कारण उनीहरूले लिएको आर्थिक लाभका आधारमा क्षतिपूर्तिका लागि योगदान गर्ने जिम्मेवारी छ ।
बेइजिङले विश्वका सबैभन्दा गरिब देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न र जीवाश्म इन्धनहरू हटाउन मद्दत गर्न विश्वव्यापी हिस्साअनुसार योगदान पुर्याउनुपर्ने सुझावहरूलाई अस्वीकार गरेको छ । चीनले सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस सम्झौताअन्तर्गत जलवायु वित्तको भुक्तानी आफ्नै शर्तमा गर्दछ ।
बाकु वार्ताले सम्मेलनको पहिलो हप्तामा यस मुद्दामा खासै सहमतिको आधार बनाउन नसके पनि सम्मेलनका बाँकी दिनमा राष्ट्रहरूलाई गति लिन आग्रह गरिएको छ । होक्स्ट्राले कोप २९ आयोजक अजरबैजानलाई जलवायु वित्तको ‘नेतृत्व गर्न र सम्पूर्ण चराचरलाई सुरक्षित अवतरणको दिशामा डोर्याउन’ आह्वान गरेका छन् ।
कोप २९ सम्मेलनका पर्यवेक्षककहरूले वर्षौँको सबैभन्दा जटिल जलवायु वार्ताको रूपमा देखिएका विषयहरूलाई अगाडि बढाउन महत्वपूर्ण नेतृत्व आवश्यक रहेको तर अजरबैजानमा यसका लागि कूटनीतिक अनुभवको अभाव रहेको बताएका छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया