भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
नयाँदिल्ली । भारतीय सेयरबजार सात दिनदेखि लगातार घटिरहेको छ । सोमबार पनि बजार घट्यो । बम्बे स्टक एक्सचेन्जमा परिसूचक बीएसई सेन्सेक्स दुई सय ४१ अंकले घटेर ७७ हजार तीन सय ३९ विन्दुमा झरेको छ । यस्तै निफ्टी पनि ७८ अंकले घटेर २३ हजार चार सय ५३ विन्दुमा झरेको छ ।
सेन्सेक्सका ३० स्टकमध्ये १६ वटा घटोका छन् भने १४ वटा बढेका छन् । आईटी र बैंकिङ क्षेत्रको सेयरमा गिरावट आएको छ । टीसीएसको सेयर तीन दशमलव ११ प्रतिशत घटेको छ । यस्तै अटो र एफएमसीजीको सेयरमूल्यमा वृद्धि भएको छ ।
सोमबार एसियाका अन्य मुलुकका सेयरबजारमा पनि गिरावट आएको छ । जापानको निक्की एक दशमलव शून्य नौ प्रतिशत घटेको छ । यस्तै चीनको सांघाई कम्पोजिट शून्य दशमलव २१ प्रतिशत घटेको छ । कोरिया र हङकङको सेयरबजारमा भने वृद्धि देखिएको छ । कोरियाको कोस्पी दुई दशमलव १६ प्रतिशत र हङकङको हाङसेङ शून्य दशमलव ७७ प्रतिशत बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया