Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो

युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो


मस्को । रुसले पहिलो पटक युक्रेनले अमेरिकाबाट प्राप्त लामोदूरीका क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रहार गरेको दाबी गरेको छ । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार, रुसको रक्षा मन्त्रालयले युक्रेनले मंगलबार बिहान ब्रायनस्क क्षेत्रमा छवटा लामोदूरीको आर्मी ट्याक्टिकल मिसाइल प्रणाली (एटीएसीएमएस) मिसाइल प्रहार गरेको जनाएको छ ।

एटीएसीएमएस एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो । यसले तीन सय किलोमिटरसम्म सही आक्रमण गर्न सक्छ ।

वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्नृ अनुमति दिएपछिको आक्रम हो । रुसले पाँचवटा मिसाइल खसालेको बताएको छ । रिपोर्टका अनुसार युक्रेनी र अमेरिकी अधिकारीहरूले पनि रुसमाथि एटीएसीएमएस प्रयोग भएको पुष्टि गरेका छन् । अमेरिका र युक्रेन सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । रुसी राष्ट्रपति पुटिनले सेप्टेम्बरमा अमेरिकालाई लामोदूरीका हतियार प्रयोग गर्न अनुमति दिएमा आणविक युद्ध सुरु हुने चेतावनी दिएका थिए ।

युक्रेनले महिनौँदेखि वासिङ्टनलाई रूसी क्षेत्रमा रहेका स्थलहरूमा प्रहार गर्न लामोदूरीको एटिएसिएमएस क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो । बाइडेनले आफू राष्ट्रपतिबाट बाहिरिन लाग्दै गर्दा युक्रेनलाई लामोदूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएका थिए । त्यसपछि युक्रेनका विदेशमन्त्रीले सोमबार रुसभित्र आक्रमणका लागि क्षेप्यास्त्र प्रयोग गर्ने अनुमतिको लगभग तीन वर्ष पुरानो द्वन्द्वमा सम्भावित ‘गेम चेन्जर’का रूपमा हुने बताएका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x