रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
किएभ । रूसले बिहीबार बिहान पहिलोपटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै रूसी सेनाले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरेको जनाएको छ । विज्ञप्तिअनुसार रूसको आस्ट्राखान क्षेत्रबाट अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो ।
युक्रेनी सेनाले क्रेमलिनले आक्रमण सुरु गरेपछि पहिलो पटक आफ्नो सेनाले हतियार तैनाथ गरेको पुष्टि गरेको छ । हजारौँ किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रहारको विषयमा सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफूले यस विषयमा केही भन्न नसक्ने बताए ।
वायु सेनाले पाँच वटा मिसाइल खसालिएको डिनिप्रो सहर क्षेत्रका प्रमुखले रूसी प्रहारले पुनर्वास केन्द्र, घरहरूका साथै औद्योगिक क्षेत्रमा क्षति पु¥याएको जनाएको छ । प्रहारमा दुई जना घाइते भएको तथा उनीहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको युक्रेनी अधिकारी सेर्गी लिसाकले बताएका छन् ।
बुधबार युक्रेनले बेलायतको स्टर्म स्याडो क्रुज मिसाइल र मंगलबार अमेरिकी एटीएसीएमएस मिसाइलले आक्रमण गरेपछि बिहीबार रुसले ब्यालेस्टिक मिसाइलबाट आक्रमण गरेको हो । रुसले गत महिना आफ्नो भूमिमा नेटो देशका हतियार प्रयोग भएमा तेस्रो विश्वयुद्धको सुरुवात मानिने बताएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया