गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
वासिङ्टन । अमेरिकामा भारतीय उद्योगपति गौतम अडानीसहित आठ जनामाथि अर्बौँ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा परेको छ । भारतमा सौर्य ऊर्जासम्बन्धी ठेक्का लिनका लागि अडानीले भारतीय अधिकारीहरूलाई २६ करोड ५० लाख डलर (लगभग २२ सय करोड रुपैयाँ) घुस तिरेको वा दिने योजना बनाएको अमेरिकी अटर्नीको कार्यालयले जनाएको छ ।
यो सम्पूर्ण मामला अडानी समूहको कम्पनी अडानी ग्रिन एनर्जी लिमिटेड र अर्को फर्मसँग सम्बन्धित छ । यो मुद्दा २४ अक्टोबर २०२४ मा न्यूयोर्कको संघीय अदालतमा दर्ता गरिएको थियो । बुधबारको सुनुवाईमा गौतम अडानी, उनका भतिजा सागर अडानी, विनीत एस जैन, रञ्जित गुप्ता, सिरिल काबेनिस, सौरभ अग्रवाल, दीपक मल्होत्रा र रुपेश अग्रवाललाई विपक्षी बनाइएको छ ।
समाचार माध्यमहरूका अनुसार गौतम अडानी र सागरविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । सागर अडानी ग्रिन एनर्जी लिमिटेडका अधिकृत हुन् । अडानी समूहले भने सबै आरोप निराधार भएको बताएको छ । एक विज्ञप्तिमा समूहले भनेको छ, ‘अडाणी ग्रिन एनर्जी लिमिटेडका निर्देशकहरूविरुद्ध संयुक्त राज्य अमेरिकाको न्याय विभाग र युनाइटेड स्टेट्स सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले लगाएका आरोपहरू निराधार छन् । हामी तिनीहरूलाई खण्डन गर्छौँ ।’
यो खबर बाहिरिएसँगै बिहीबार अडानी समूहका १० सेयरमध्ये नौ वटा घटेको छ भने एउटा बढेको छ । अडानी इन्टरप्राइजेज सबैभन्दा बढी २३ दशमलव ४४ प्रतिशतले घटेको छ । जबकि अडानी ग्रिन इनर्जीको सेयर १८ दशमलव ९५ प्रतिशतको गिरावटसँगै बन्द भएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया