Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार

युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार


किएभ । युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । युक्रेनी सहर खार्किभका अधिकारीहरूले रूसको सीमा नजिकैको सहरको केन्द्रमा रूसी क्षेप्यास्त्र प्रहारबाट १९ जना घाइते भएको बताएका छन् ।

पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् । रूसले गत हप्ता युक्रेनमा नयाँ ओरेसनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

‘युक्रेनको डिफेन्स इन्टेलिजेन्स’को अपरेसन परिणाम स्वरूप, रूसको कालुगा क्षेत्रस्थित इन्धन तथा ऊर्जा सुविधामा रातारात आक्रमण भएको स्रोतले जनाएको छ । कालुगाका रूसी गभर्नरले यस क्षेत्रमा भएको ड्रोन हमलाबाट एउटा ‘औद्योगिक उद्यम“ मासमेत आगलागी भएको पुष्टि गरेका छन् ।

स्रोतका अनुसार आक्रमणको लक्ष्य कालुगानेफ्टप्रोडक्ट जेएससीको तेल डिपो थियो, जुन युक्रेनविरुद्ध रूसको सशस्त्र आक्रमणलाई समर्थन गर्नका लागि प्रयोगमा छ ।

यसै क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता निप्रो सहरमा गरिएको आक्रमण सबैभन्दा नयाँ रूसी मध्य–दूरी मिसाइल प्रणालीमध्ये एक रहेको बताउँदै त्यस्ता थप परीक्षणहरू गर्ने बाचा गरेका छन् । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x