श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
मनिला । एसियाली विकास बैंक (एडिबी)ले श्रीलंकाको ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि २० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ । एडीबीले भनेको छ, ‘पूर्वाधारको विस्तार, आधुनिकीकरण र डिजिटलाइजेसन समाधानसहित विद्युतीय प्रणाली सुदृढीकरण र नवीकरणीय ऊर्जा एकीकरण परियोजनाले श्रीलंकाको विद्युत् मिश्रणमा नवीकरणीय ऊर्जालाई एकिकृत गर्ने, बिजुली अवरोध कम गर्ने र प्रसारण तथा वितरण घाटा कम गर्ने लक्ष्यलाई समर्थन गर्नेछ ।’
एडीबीका अनुसार श्रीलंकाले सन् २०१६ मा शतप्रतिशत घरधुरीमा विद्युतीकरण गरेको छ । सन् २०२३ मा यहाँको अधिकतम माग करिब दुई हजार आठ सय मेगावाट (मेगावाट) पुगेको थियो । यसमा वितरित नवीकरणीय ऊर्जाको योगदान पनि समावेश गरिएको थियो । सन् २०३० सम्ममा मागमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ ।
सन् २०२३ मा श्रीलंकाको कुल स्थापित विद्युत् उत्पादन क्षमता पाँच हजार एक सय ९१ मेगावाट पुगेको थियो भने सन् २०२३ मा देशको विद्युत् उत्पादनको लगभग ५० प्रतिशत थर्मल पावर प्लान्टहरूबाट आएको थियो ।
यस परियोजनाले विद्युत्को प्रसारण र वितरण सञ्जालको क्षमता विस्तार गर्दै नवीकरणीय ऊर्जाको बृहत्तर एकीकरणलाई सक्षम बनाउनेछ । परियोजनाअन्तर्गत नयाँ प्रसारण लाइन र सबस्टेसनसहित दुई सय २० किलोभोल्ट र एक सय ३२ किलोभोल्ट प्रसारण पूर्वाधार विस्तार, मध्यम भोल्टेज वितरण सञ्जालको आधुनिकीकरण र ग्रिड संरषण प्रणालीको स्तरोन्नति गर्ने बैंकले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया