Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअल्फाबेटका सीईओ पिचाईलाई २४ करोड डलरको बम्पर प्याकेज

अल्फाबेटका सीईओ पिचाईलाई २४ करोड डलरको बम्पर प्याकेज


नयाँ दिल्ली, पुस ७
गुगलको मातृकम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले आगामी तीन वर्षको लागि २४ करोड ६० लाख डलरको प्याकेज मिलेको छ । कुनै पनि सर्च इन्जिन कम्पनीका अधिकारीलाई दिइएको यो अहिलेसम्मकै धेरै रकम हो । यो प्याकेजमा २४ करोड डलरको कम्पनीको सेयर र ६० लाख डलरको तलब सामेल छ । योसँगै पिचाईले सन् २०२० देखि हरेक वर्ष २० लाख अमेरिकी डलर वार्षिक तलब बुझ्नेछन् ।

कम्पनीले शुक्रबार अमेरिकी सेयरबजारलाई यसको जानकारी दिइसकेको छ । पिचाईभन्दा अघि अल्फाबेटको सीईओमा ल्यारी पेज थिए । उनले केवल १ डलर मात्रै तलब बुझ्थे । सीईओले पाउने तलबमा सुन्दर पिचाई एप्पलका सीईओ टिम कुकभन्दा केही कम रहेको बताइएको छ । टिम कुक सीईओ बन्दा उनले ३७ करोड ६० लाख डलर लिन्थे । पिचाई गुगलका संस्थापकमध्ये एक हुन् । उनले कम्पनीमा १५ वर्षयता काम गर्दै आएका छन् । केही हप्ताअघि मात्रै उनी अल्फाबेटको सीईओ बनेका थिए ।

सन् २०१५ मा गुगलको सीईओ बन्दा उनको तलब ६ लाख ५२ हजार डलर वार्षिक तलब थियो । त्यसको एक वर्षपछि उनलाई कम्पनीको १९ करोड ९० लाखको सेयर मिलेको थियो । गुगलको क्रोम सफल हुनुको पछाडि पिचाईको समेत योगदान रहेको छ । कम्पनीका अनुसार सन् २०१८ मा पिचाईले १९ लाख डलर तलब लिएका थिए । यसमा उनको सुरक्षा र विमान प्रयोगको खर्च समावेश रहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x