पाकिस्तानद्वारा तालिबानमाथि प्रतिबन्ध
इस्लामावाद, भदौ ७
पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कैयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।
शुक्रवार दिउँसो सार्वजनिक गरिएको उक्त आदेशमा तालिबानका प्रमुख शान्ति वार्ताकार अब्दुल घानी बरादर र हक्कानी परिवारका थुप्रै सदस्यलगायत दर्जनौं व्यक्ति रहेका छन् । पाकिस्तानी निर्णयका कारण वर्तमान हक्कानी सञ्जाल प्रमुख र तालिबानका उप–प्रमुख सिराजुद्दीनले पनि प्रतिबन्धको सामना गर्नुपर्ने छ । प्रतिवन्धित समूहको सूचीमा तालिवानबाहेक अरू पनि रहेका छन् ।
अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणलाई निगरानी गर्ने र आतंकवादी समूहको गतिविधि ट्रयाक गर्ने वित्तीय कारबाही कार्यदल (एफएटीएफ) द्वारा कालोसूचीबाट उम्किने प्रयासस्वरूप पाकिस्तानको यो आदेश जारी भएको नाम उल्लेख नगर्ने शर्तमा एक पाकिस्तानी अधिकारीले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया