‘गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री’
लन्डन, भदौ ७
भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ । ‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चश्मा बिक्री भएपछि इन्स्टाग्राममा लेखेको छ, ‘एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैले उक्त चश्मा दिएको भन्दै लिलामका लागि हामीलाई चार हप्ता पहिले उपलब्ध भएको थियो ।’
एएफपीका अनुसार फर्मले प्रक्रियामा सहभागीलाई सम्बोधन गर्दै भन्यो, ‘एउटा अविश्वसनीय वस्तुको लागि असाधारण परिणाम ! लिलाम प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ।’ गान्धीले पुरानो वा अनावश्यक सामान (चश्मा) खाँचो हुनेहरूका लागि वा आफूलाई सहयोग पु¥याउने व्यक्तिलाई दिने गरेको बताइएको छ । सन् १९२० वा ३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियम पदार्थको कारोबार गरिरहेको समय अहिंसावादी गान्धीले विक्रेता काकालाई चश्मा दिनुभएको ती लिलामकर्ता व्यक्तिले फर्मलाई बताएका बुझिएको छ ।
बिक्री मूल्य १५ हजार पाउण्डस्र्टलिङ वरिपरी हुने अनुमान गरिएको थियो तर चश्माको मूल्य अपेक्षाभन्दा निकै गुणा बढी अर्थात् दुई लाख ६० हजार पाउण्डस्टर्लिङ परेको छ । लिलामकर्ता फर्मका एन्ड्र्यू स्टोले यस महिनाको सुरूमा ती विक्रेताले ‘यदि चश्मा राम्रो नभएमा फ्याँक्न भनेका थिए । चश्माको मूल्य १५ हजार पाउण्ड पर्ने बताएपछि उसलाई झस्काएको थियो । ‘मैले सोचेँ कि मूल्य सुनेर उनले होस गुमाए’, स्टोले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया