बेलायतको सरकारी ऋण २० खर्ब पाउन्ड पुग्यो
लन्डन, भदौ ७
बेलायतको सरकारी ऋणले २० खर्ब पाउन्ड स्टर्लिङ नाघेको छ । यो अहिलेसम्मकै उच्च भएको बीबीसीले जनाएको छ । कोरोनाभाइरसले पिरोलेको बेला बेलायतको ऋणले कीर्तिमान कायम गरेको हो ।
सरकारले अर्थतन्त्र जोगाउन धेरै खर्च गरेपछि ऋण उच्च भएको बताइएको छ । यो ऋण बेलायतले प्रतिवर्ष गर्ने कुल उत्पादनसँगको बराबरी हो । जुलाईमा बेलायतको कुल ऋण २० खर्ब ४ अर्ब पाउन्ड स्टर्लिङ पुगेको छ जुन अघिल्लो वर्षभन्दा २ सय २७ अर्ब पाउन्ड स्टर्लिङ बढी हो । बेलायतको अफिस फर नेशनल स्टाटिस्टिक्स (ओएनएस)ले सार्वजनिक गरेको पछिल्लो डाटाले बेलायती सरकारी ऋणले कीर्तिमान कायम गरेको देखाएको हो ।
अर्थशास्त्रीहरुले अवस्था झन् खराब हुँदै गइरहेको चेतावनी दिएका छन् । त्यस्तै कुल गार्हस्थ्य उत्पादनको शतप्रतिशत माथि ऋण पुगेको पहिलोपटक हो । जुन सन् १९६०/०६१ पछिकै धेरै हो । जुलाईमा सरकारको सापटी रकम तथ्यांक अर्थात् खर्च र आयबीचको भिन्नता जुनमा पुनरवलोकन गरिएको २९ अर्ब ५० करोड पाउन्ड स्टर्लिङभन्दा कम भएको बताइएको छ ।
बेलायती वरिष्ठ अर्थशास्त्री रथ ग्रेगरीका अनुसार जुलाईको सापटीपछि मात्रै १ सय ५० अर्ब पाउन्ड ऋण थपिएको छ । जुन रकम सन् २००९/०१० को कुल घाटासँग बराबरजस्तै छ ।
विश्लेषकहरुका अनुसार यो आश्चर्यजनक भने होइन । किनभने सरकारले अहिले अर्थतन्त्रलाई महामारीबाट जोगाउन हरतरहको प्रयास गरिरहेको छ । तर ब्याजदर निकै कम भएको र सरकारले यसअघि खर्च पनि कम गरिरहेको थियो । जुनको तथ्यांक पनि पुनरवलोकन गरेर ६ अर्ब पाउन्डले घटाइएको थियो । तर कतिपय विश्लेषकले भने अझै ऋण बढ्ने अनुमान गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया