विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो
काठमाडौं, भदौ १०
विश्वमा दुई करोड ३८ लाख ३० हजार २ सय ६० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ । सो संगठनका अनुसार मंगलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख १७ हजार तीन सय ६८ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
सङक्रमितमध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार नौ सय ६२ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार नौ सय ३० व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६१ हजार छ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १५ हजार छ सय ३० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार १ सय १४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ५८ लाख १७ हजार २ सय ४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ९० हजार ८ सय ३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९३ हजार ६ सय ३१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख ६० हजार ४ सय २ जनाको मृत्यु भएको छ ।
युरोपमा ३३ लाख ९३ हजार ३ सय ५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५ हजार ७ सय ४० को मृत्यु भएको छ । एसिया ६३ लाख ९७ हजार ५ सय ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ३१ हजार ८ सय १ जनाको मृत्यु भएको छ । अफ्रिकामा १२ लाख २ सय ३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ५५ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५ सय ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ सय ५२ जनाको मृत्यु भएको छ । (रासस/एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- उपनिर्वाचनमा सेनाको परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस
- एउटै व्यक्तिले फलाए चार सय मुरी धान
- विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउँदै
- आज विश्वभर बाल दिवस मनाइँदै
- पक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया