फ्रेन्च सरकारलाई करोडौँ बक्यौता कर तिर्न फेसबुक सहमत
पेरिस, भदौ १०
सामाजिक सञ्जाल फेसबुकले फ्रान्सको सरकारलाई १० करोड ६० लाख युरो बक्यौता कर तिर्न सहमत भएको छ । बीबीसीका अनुसार फ्रान्समा फेसबुकले गरेको आम्दानीको बक्यौता तिर्न फेसबुक सहमत भएको हो । उक्त रकम सन् २००९ यताको फ्रान्समा कम्पनीको व्यवसायसँग सम्बन्धित रहेको बताइउको छ । सामाजिक सञ्जाल कम्पनीले सन् २०२० का लागि आम्दानीमा ८४ लाख ६० हजार युरो तिर्न पनि सहमति भएको छ ।
फेसबुककी एक जना प्रवक्ताले कम्पनीले व्यवसाय गरेका हरेक बजारमा कर तिर्ने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘हामीले कर तिर्नुपर्ने बाध्यतालाई गम्भीर रुपले लिएका छौँ । यस सम्बन्धमा विश्वभरकै सम्बन्धित अधिकारीसँग सहकार्य पनि गरिरहेका र्छौँ ।’ तिर्नुपर्ने कर तिर्ने र थाती रहेका विवाद समाधान गर्ने फेसबुकको भनाइ छ । यही प्रयासस्वरुप फ्रान्सका अधिकारीसँग सहकार्य गरेको उनले बताइन् ।
यद्यपि फ्रान्ससँगको कर विवादबारे केही खुलाइएको छैन । फ्रान्सले पछिल्लो समय प्रविधि कम्पनीलाई देशभित्र गरेको व्यवसायको कर तिराउने प्रयास गरिरहेको छ । फेसबुकजस्तै गुगल, एप्पल र अमेजनले पनि यस्तो सम्झौता गरिसकेका छन् । फेसबुकले सन् २०१८ यता आफ्नो बिक्री संरचना परिवर्तन गरेको पनि जनाएको छ । फेसबुकले सन् २०१९ मा फ्रान्समा ३८ प्रतिशत कर दर बुझाएको बीबीसीले जनाएको छ । जुन ३३.३ प्रतिशतको आयकर दरभन्दा धेरै हो । फेब्रुअरीमा फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रविधि कम्पनीले तिरेको करमा सार्वजनिक रुपमा आलोचित हुनुपरेको टिप्पणी गरेका थिए । फेसबुकले युरोपमा धेरैभन्दा धेरै कर तिर्नुपर्ने कुरासँग आफू सहमत भएको उनले बताएका थिए ।
फेसबुकमाथि लाग्ने कर पनि नतिरेको आरोप लाग्दै आएको छ । धेरैजसो देशमा फेसबुकले कर नतिरेको आरोप लाग्दै आएको छ । गत वर्ष फ्रान्सले नयाँ डिजिटल सेवा करको घोषणा गरेको थियो । बुहराष्ट्रिय कम्पनीलाई लक्षित गर्दै कर घोषणा गरे पनि गत जनवरीमा सन् २०२० को अन्त्यसम्म यो कर संकलन ढिलाइ गर्नसक्ने बताएको थियो । सन् २०१८ मा फेसबुकले बेलायतमा २ करोड ८५ लाख पाउन्ड कर्पोरेसन ट्याक्स तिरेको थियो । अहिले धेरैजसो देशले सामाजिक सञ्जाल कम्पनीमा विज्ञापन भए पनि कम्पनीबाट कर नआएको भन्दै कर तिराउनुपर्ने आवाज उठिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
- लक्ष्मी लघुवित्तको नाफा एक करोड ७० लाख
- उपनिर्वाचनमा सेनाको परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस
- एउटै व्यक्तिले फलाए चार सय मुरी धान
- विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउँदै
- आज विश्वभर बाल दिवस मनाइँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया