युट्युबले यसै वर्ष हटायो एक करोड १४ लाख भिडियो
वासिड.टन, भदौ १२
भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिकाविपरीत रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्यांकनका आधारमा ती भिडियोहरु हटाउनुपरेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरु हटाइएको हो । कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरु मात्रै हटाएको थियो । अघिल्लो वर्षको तुलनामा यस बर्ष अत्यधिक धेरै भिडियोहरु हटाउनुपरेको कम्पनीको तथ्यांक छ ।
‘समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निश्कर्षका साथ हामीले हटाएका छौँ’, कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ । लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन उपभोक्ताहरु बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया