युरोपमा बोइङ ७३७ म्याक्सको परीक्षण उडान हुने
लन्डन, भदौ १२
युरोपेली हवाइ नियामकहरुले बोइङको अप्ठ्यारोमा परेको ७३७ म्याक्सको परीक्षण उडान तालिका निर्धारण गरेका छन् । दुईवटा दुर्घटनामा परेपछि विश्वभर ग्राउन्डेड भएका उक्त मोडलका जहाजमा प्राविधिक त्रुटि रहेको बताइएको थियो । कम्पनीले त्यसलाई सच्याइसकेको र पुनः उडानमा फर्किने अनुमति कुरिरहँदा युरोपमा विमानको परीक्षण उडान हुने भएको हो ।
युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (ईएएसए)ले आउँदो ७ सेप्टेम्बरको हप्तामा क्यानाडाको भ्यानकुवरमा परीक्षण उडान हुने बताएको छ । बोइङको यो मोडलको जहाज धेरै बिक्री भएको थियो । दुईवटा दुर्घटनामा ३ सय ४६ जनाले ज्यान गुमाएका थिए । अमेरिकी नियामकहरुले पनि यो मोडलका जहाजको परीक्षण उडान दुई महिनाअघि नै थालेका थिए । ईएएसएले अमेरिकी नियामक निकायले अनुमति दिँदैमा युरोपमा उडान गर्न पाइहाल्ने भन्ने नहुने स्पष्ट पारेको छ ।
युरोपेली संस्थाले बोइङ र अमेरिकी फेडेरल एभिएसन एडमिनिस्ट्रेसनसँग पनि यसबारे सहकार्य गरिरहेको जनाएको छ । नियामक निकायहरुले सुरक्षामा विश्वस्त अवस्थामा मात्रै म्याक्स विमानलाई उडान अनुमति दिनसकिने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया