बेलायतको कार उत्पादनमा २०.८ प्रतिशतको गिरावत
लन्डन, भदौ १२
बेलायतको कार उत्पादनमा २०.८ प्रतिशतले गिरावट आएको छ । जुलाईमा कार उत्पादनमा उल्लेख्य गिरावट आएको हो । विश्वव्यापी मागमा सुस्तता आएको र कारखानाहरुले समेत कम उत्पादन गरिरहेको सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी)ले बिहीबार जनाएको छ ।
तथ्यांकअनुसार उक्त दरले कार उत्पादन घटेको छ । जुलाईमा ८५ हजार ६ सय ९६ युनिट मात्रै उत्पादन भएको हो । आन्तरिक र बाह्य दुवै बजारमा कारको माग समेत घटेको बताइएको छ । कोरोना महामारीका कारण रोकिए पनि अहिले विस्तारै प्रतिबन्धहरु हट्नथाल्दा कार उत्पादन बढ्नथालेको एसएमएमटीले वक्तव्यमा जनाएको छ ।
हालसम्म वार्षिक हिसाबले यो वर्ष ३९.७ प्रतिशतले कार उत्पादन घटेको छ । यद्यपि अहिले विस्तारै उत्पादन बढ्नथालेको छ । खासगरी कुनै पनि सम्झौताविनाको ब्रेक्जिटलाई लिएर बेलायतमा निराशा बढिरहेको छ भने कोरोना कहरले उद्योगहरुमा व्यापक असर गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया