क्यानाडा विद्यालय पुनः खोल्ने तयारीमा, ट्रुडोद्वारा सहयोग कोष घोषणा
ओटावा, भदौ १२
क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रूडोले महामारीका कारण बन्द भएका विद्यालयहरू खोल्न सहयोग पु¥याउन झण्डै एक खर्ब ५२ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोषको घोषणा गरेका छन् । उक्त रकम आवश्यकताअनुसार प्रान्त र क्षेत्रीय सरकारलाई विद्यालयलाई सुरक्षितरूपमा पुनः सञ्चालनमा ल्याउनका लागि उपलब्ध गराउने क्यानडाको प्रधानमन्त्रीको कार्यालयले बिहीबार जानकारी गराएको छ ।
महामारीका कारण बन्द अवस्थामा रहेका विद्यालयहरू खोल्न दुई हप्ताभन्दा कम समय बाँकी रहेका बेला प्रधानमन्त्री ट्रुडोले उक्त कोषको घोषणा गर्नुभएको हो । क्यानडाका कतिपय प्रान्त तथा स्थानीय निकायले कोभिड–१९ संक्रमितको संख्या बढिरहेको विवरणहरू सार्वजनिक गरिरहेका समयमा विद्यालय पुनः सञ्चालनको लागि स्वास्थ्य सुरक्षा सहयोग कोष स्थापना भएको हो ।
एक महिना पहिले नै अर्थतन्त्र र स्वास्थ्य सेवा प्रणालीका लागि भन्दै प्रान्त र क्षेत्रहरूलाई १९ अर्ब क्यानाडेली डलर सहयोग घोषणाको व्यवस्था गर्ने आश्वासन दिएका थिए । पछिल्लो कोष प्रान्त र क्षेत्रहरूलाई स्थानीय विद्यालयमा जाँदा विद्यार्थी र कर्मचारीहरूलाई कोभिड–१९ को महामारीबाट सुरक्षित राख्न अपनाउनुपर्ने उपायहरूको व्यवस्था गर्न गरिएको हो । जस अन्तर्गत विद्यालयहरूमा सिकाइका लागि अतिरिक्त स्थान, स्वच्छ हावा, हात सफा गर्ने साबुन तथा सफाइका अन्य सामान र व्यक्तिगत सुरक्षाका सामानहरू मास्क, स्यानिटाइजरलगायतको व्यवस्था गरिनेछ ।
‘बालबालिकालाई सुरक्षित रूपमा विद्यालय फर्काउनु अर्थव्यवस्थालाई पुनः सुरु गर्न महत्वपूर्ण छ । यसले अभिभावकलाई आफ्ना बच्चाहरूको स्वास्थ्यको बारेमा कुनै चिन्ता नगरी विद्यालय फर्किन सघाउने विश्वास मैले लिएको छु’, प्रधानमन्त्री ट्रुडोले भने, ‘हाम्रा बच्चाहरू कक्षाकोठामा सुरक्षित हुनुपर्दछ । यो वेवास्ताा गर्न नहुने विषय हो ।’
ट्रूडो सरकारले आदिवासी समुदाय रहेका विद्यालयहरूमा ११ करोड क्यानडेली डलर लगानी गर्ने यस पहिले नै घोषणा गरेका छन् । क्यानडामा गत मार्चको मध्यदेखि विद्यालय र व्यवसाय बन्द भएपछि विद्यार्थीहरूले घरबाटै अनलाइन कक्षाहरू लिँदै आएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया