Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविदेशी पर्यटकलाई मलेसियामा थप समय प्रतिबन्ध

विदेशी पर्यटकलाई मलेसियामा थप समय प्रतिबन्ध


क्वालालम्पुर, भदौ १५
मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिबन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।एपीका अनुसार विदेशी पर्यटकलाई लगाइएको प्रतिबन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पु-याइएको पनि उनीहरुले बताएका छन् ।

मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक टेलिभिजनमा सम्बोधन गर्दै विश्वभर नै कोरोना संक्रमितहरुको संख्या वृद्धि भइरहेकाले अन्तर्देशीय आवतजावतलाई निषेध गरिएको स्पष्ट पारे । उनले आफ्नै देशमा पनि संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेकोले अन्तरिक सतर्कता पनि उत्तिकै बढाउनुपर्ने आवश्यकतामा जोड दिए । बेलामा सचेत नभएर लापरबाही गरिएमा अनियन्त्रित अवस्था सृजना हुनसक्ने चेतावनी पनि प्रधानमन्त्री यासिनले दिएका छन् ।

मलेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने अरु एक सय २५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । थप प्रतिबन्धका दैनिक क्रियाकलापमा अवरोध खडा नगर्ने प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरु भइसकेका मुहिद्धिनले बताएका छन् ।

नाइटक्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुको साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्रतिबन्धित भएको उनले बताएका छन् । मलेसियामा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर वा साबुनको प्रयोगमा ध्यान दिनेलगायतका आधारभूत स्वास्थ्य मापदण्डहरु भने पालना गरिरहनु पर्नेमा सवैले आह्वान गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x