बाढी पहिरोमा परेर पाकिस्तानमा मर्नेको संख्या एक सय ३४ पुग्यो
इस्लामाबाद, भदौ १५
पाकिस्तानमा आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु भएकाहरुको संख्या एक सय ३४ पुगेको छ । देशको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले आफ्नो वेबसाइटमा राखेको विवरणमा मृतकहरुको सो सङ्ख्या जुन १५ देखि अगस्ट २९ सम्मको रहेको उल्लेख गरिएको छ ।
अधिकारीहरुका अनुसार पछिल्लो समयमा आएको बाढी पहिरोमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य पनि जारी नै राखिएको छ । उद्धार तथा खोजी र उनीहरुलाई राहत प्रदान गर्नका लागि सरकारी तथा गैह्रसरकारी संघ संस्था र निकायहरु लागिरहेका छन् । उत्तरपश्चिमी खैबर पख्तुखवा प्रान्तमा आएको बाढी पहिरोमा परेर कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन् ।
सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रदेशभरिमा वर्षासम्बन्धी घटनाका कारण ८० जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीमा ४७ जनाको मृत्यु भएको छ । यस क्षेत्रमा पछिल्लो बिहीबार र शुक्रबार अविरल वर्षा भएको र त्यसपछि बाढी पहिरोका घटनाहरु पनि धेरै भएको जनाइएको छ । पाकिस्तानको एक पत्रिका ‘डन’ले दिएको जानकारीअनुसार पाकिस्तानमा विगत ९० वर्षमा यो वर्ष सबैभन्दा बढी वर्षा भएको उल्लेख छ ।
कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घण्टामा नै निकै भारी मात्रामा पानी परेको थियो । भारी वर्षा र बाढीले कराँची सहरलाई ठूलो क्षति पु-याएको छ । यहाँ हजारौँको संख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ । बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन । अकस्मात्को भारी वर्षाका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । त्यसैगरी यहाँका धेरै क्षेत्रमा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया