रूसमाथि प्रतिबन्ध लगाउने जर्मनीको चेतावनी
मस्को, भदौ २२
युरोपेली युनियनको हालको प्रमुख नेतृत्व गरिरहेको मुलुक जर्मनीले रसियाविरुद्ध सम्भावित प्रतिबन्धहरूको बारेमा छलफल गर्ने बताएको छ । रूसी प्रशासनिक केन्द्र क्रेमलिनले एलेक्सी नाभाल्नीविरूद्धको ‘विषकाण्ड’बारे छिट्टै स्पष्टीकरण नदिए रूसविरूद्ध प्रतिबन्ध लगाउने जर्मन विदेशमन्त्री हेइको मासले आइतबार जर्मनीको दैनिक पत्रिका बाइल्डसँगको कुराकानीका क्रममा चेतावनी दिएका हुन् ।
रूसी विपक्षी नेता र भ्रष्टाचार विरोधी अभियानकर्ता नाभाल्नी गत महिना मस्कोका लागि भएको उडानमा बिरामी परेपछि विमानलाई आकस्मिक अवतरण गराई रूसकै साइबेरियाको एउटा अस्पतालमा भर्ना गरिएको थियो । पछि परिवारको अनुरोधमा नाभाल्नीलाई वेशोस अवस्थामा बर्लिन लगिएको थियो । सोभियत युगको ‘नर्भ एजेन्ट’ नोविचोकको प्रयोग गरी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख आलोचकलार्ई विष दिएकोे ‘अपुष्ट प्रमाण’ भेटिएको जर्मनीले गत साता बताएको थियो ।
‘हामी रूसी सरकारले यो गम्भीर अपराधको समाधान गर्नेमा उच्च अपेक्षा राख्छौँ’, मासले भने, ‘यदि रूस सरकारले यस हमलासँग केही गर्नुपर्दैन भने यस तथ्यलाई समर्थन गर्नु उसको आफ्नै हितमा हुनेछ ।’ यदि रूसले ‘आउँदो दिनमा’ के भयो भनेर स्पष्ट गर्न मद्दत गरेन भने जर्मनीले ‘आफ्ना सहयोगीहरु’सँगको प्रतिक्रियाको बारेमा छलफल गर्न बाध्य हुनेछ’, मासले रूसविरूद्ध चेतावनीपूर्ण भाषामा भने ।
उनले थपे, ‘नाभाल्नीविरूद्धको अपराध भनेको अन्तर्राष्ट्रिय रसायनिक हतियार सम्मेलनको उल्लंघन हो र यसको उचित प्रतिक्रिया हुनुपर्दछ । जब हामी प्रतिबन्धहरूको बारेमा सोच्छौं त्यसलाई सकेसम्म यस विषयसँग लक्षित गरिनुपर्दछ ।’
पश्चिमी नेताहरू र नाभाल्नीको सहयोगीहरूले रूसी भूमिमा एक उच्च प्रोफाइलका विपक्षी नेताविरूद्ध रासायनिक हतियारको पहिलो प्रयोग भएको दावी गरेका छन् । क्रेमलिनले उक्त आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ साथै विदेशमन्त्री सेर्गेई लाभरोभले जर्मनीले मस्कोका अभियोजनकर्ताहरुलाई यस विषयमा पत्ता लागेका कुनै पनि कुरा जानकारी नगराएको बताए । विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले नाभल्नी मुद्दाको छानबिन गर्न जर्मनीले अवरोध सिर्जना गरेको उल्टो आरोप लगाएकी छिन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया