Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभेराइजनलाई सामसङले साढे छ अर्ब डलरका नेटवर्क सामग्री आपूर्ति गर्ने

भेराइजनलाई सामसङले साढे छ अर्ब डलरका नेटवर्क सामग्री आपूर्ति गर्ने


सोल, भदौ २३
प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले अमेरिकामा भेराइजनलाई साढे छ अर्ब डलरका नेटवर्क सामग्री आपूर्ति गर्ने भएको छ । रोयटर्सका अनुसार सामसङले फाइभजी नेटवर्क बजारमा पाएको यो दुर्लभ अवसर हो ।

अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाउँदा साउथ कोरियन कम्पनी सामसङ इलेक्ट्रोनिक्सलाई फाइदा पुगेको छ । भेराइजनका सीईओ हान्स वेस्टबर्गले सीएनबीसीलाई जुलाईमा कम्पनीले हुवावेका सामग्री प्रयोग नगर्ने बताएका थिए । त्यसो त भेराइजन यसअघि नै सामसङको ग्राहक थियो । भेराइजनलाई नोकियाको ठूलो ग्राहक मानिन्छ ।

सामसङले भेराइजनबाट अर्डर पाउँदा उसको व्यवसाय विस्तारमा ठूलो योगदान पुग्नेछ । सामसङका प्रवक्ताका अनुसार यो अर्डर नेटवर्क सामग्रीका लागि भएको हो । यद्यपि कम्पनीले यसबारे विस्तृतमा केही भनेको छैन । विशेषगरी फाइभजी इन्टरनेट दिनसक्ने नेटवर्क सामग्री यसमा पर्ने बताइएको छ ।

सन् २०१९ मा सामसङले टेलिकम सामग्री बजारमा विश्वको तीन प्रतिशत हिस्सा ओगटेको थियो । यी सामग्री आपूर्तिमा हुवावे पहिलो नम्बरमा छ । उसको २८ प्रतिशत, नोकियाको १६ प्रतिशत, एरिक्सनको १३ प्रतिशत, जेटटीईको १० प्रतिशत र सिस्कोको ७ प्रतिशत बजार हिस्सा रहेको बजार अनुसन्धान फर्म डेल ओरो ग्रुपले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x