सफ्टबैंकको सेयर सात प्रतिशतले घट्यो
टोक्यो, भदौ २३
सफ्टबैंक ग्रुप कर्पको सेयर मूल्यमा सात प्रतिशतको गिरावट आएको छ । प्रविधि कम्पनीहरुको कारण लगानीकर्तालाई असहज बनाउँदा उक्त गिरावट आएको बताइएको छ । दुई महिनाको अन्तरालमा पहिलोपटक कम्पनीको सेयर छ हजार येन घटेर पाँच हजार आठ सय ८१ येन पुगेको छ । बेन्चमार्क इन्डेक्समा प्रतिशतका हिसाबले उक्त ग्रुपको सेयर सबैभन्दा धेरै घटेको हो ।
जापानको वित्तीय शक्ति मानिने ग्रुपले प्रविधि कम्पनीमा अर्बौँ डलरको सेयर किनेको छ । उसले अमेजनलगायतका सेयर किनेको हो । पछिल्लो समय प्रविधि कम्पनीहरुको सेयर मूल्य आकाशिएको बेला ग्रुपका प्रमुख कार्यकारी मासायोशी सनले प्रविधि कम्पनीमा ‘जुवा खेलेको’ बताइएको छ । ग्रुपले ठूलै ‘अप्सन पर्चेस’ बनाएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया