Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाउदी अरेबिया र चीनका कारण कच्चा तेलको मूल्यमा गिरावट

साउदी अरेबिया र चीनका कारण कच्चा तेलको मूल्यमा गिरावट


लन्डन, भदौ २३
विश्व तेलबजारमा सोमबार कच्चा तेलको मूल्यमा गिरावट आएको छ । चीनले कम आयात गरेको र साउदी अरेबियाले मूल्य घटाएको कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको हो ।

रोयटर्सका अनुसार साउदी अरेबियाले एसियामा तेल आपूर्तिमा मासिक मूल्य घटाएको र चिनियाँ मागबारे अनिश्चितता छाएको कारया त्यसको असर तेलको मूल्यमा परेको छ । उक्त दिन ब्रेन्ट क्रुड ४१.९१ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको छ । यो भनेको ७५ सेन्ट अर्थात् १.८ प्रतिशतले कम हो । यसअघि सुरुवाती कारोबारमा प्रतिब्यारेल ४१.५१ अमेरिकी डलरसम्म पुगेको थियो जुन जुलाई ३० यताकै कम मूल्य हो ।

त्यस्तै वेस्ट टेक्सास इन्टरमेडिएट अमेरिकी कच्चा तेल पनि ७७ सेन्ट अर्थात् प्रतिब्यारेल १.९ प्रतिशतले घटेर ३९.०० अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको थियो । उक्त तेल ३८.५५ अमेरिकी डलरसम्म पुगेर उक्त मूल्य कायम भएको थियो । यो पनि जुलाई १० यताकै कम मूल्य हो । विश्वकै ठूलो तेल निर्यातक साउदी अरेबियाले एसियामा बेच्ने अरब लाइट क्रुडको बिक्री मूल्य अक्टोवरका लागि घटाएको छ ।

त्यस्तै विश्वकै ठूलो तेल आयातक चीनले मागभन्दा बढी तेल आयात गरेर तेलको मूल्यलाई सघाइरहेको थियो । तर उसले पनि अगस्टमा तेल आयात घटाएको सोमबार प्रकाशित एक तथ्यांकले देखाएको छ । चीनको अमेरिका र युरोपसँगको विकसित सम्बन्धको उतारचढावले चिनियाँ अर्थतन्त्रबारे अनिश्चितता छाइरहेको छ । यसलाई विश्लेषकहरुले आशावादी अवस्था भन्न नमिल्ने बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x