Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएत्तिहाद एयरवेजको कोरोना बीमा योजना

एत्तिहाद एयरवेजको कोरोना बीमा योजना


दबई, भदौ २३
आबुधाबीको एत्तिहाद एयरवेजले सोमबार यात्रु आकर्षित गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । उसले आफ्ना विमानबाट यात्रा गरेका यात्रु कथंकदाचित् संक्रमित भएमा उनीहरुको मेडिकल र क्वारेन्टाइन खर्च व्यहोर्ने गरी कोभिड–१९ बीमा योजना ल्याएको हो ।

विश्वका धेरै वायुसेवा प्रदायक कम्पनीहरु यात्रुको माग बढाउने प्रयासमा लागिरहेका छन् । विश्वमा कोरोना महामारीले हवाइ क्षेत्रमा नकारात्मक असर गरेको छ । कोरोना सुरु हुनुअघिको अवस्थामा पुग्न कम्पनीहरुले वर्षौँ लाग्नसक्ने बताएका छन् ।

एत्तिहादको योजनाअनुसार कम्पनीले संक्रमित यात्रुको १ लाख ५० हजार युरोसम्मको मेडिकल खर्च व्यहोर्नेछ भने एक दिनमा १ सय युरो क्वारेन्टाइन खर्चस्वरुप १४ दिनको लागि व्यहोर्नेछ । यसले यात्रुलाई यात्रामा आकर्षण बढाउने अपेक्षा कम्पनीले लिएको कम्पनीका उपप्रमुख डन्कान ब्युरोले एक वक्तव्यमा जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x