रुसी विपक्षी नेता नाभाल्नीको स्वास्थ्य अवस्थामा सामान्य सुधार
बर्लिन, भदौ २४
रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको छ । खानामा रसायन मिसाएर दिएपछि बेहोस भएका नाभाल्नीलाई उपचारका लागि हाल जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नाभाल्नीलाई उपचारका लागि अगष्ट २२ मा उपचारका लागि रुसबाट जर्मनी ल्याइएको थियो ।
जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व मिसाएर दिइएको जनाएका छन् । जर्मन सरकारले गत साता रुसमाथि उक्त काण्डको विस्तृत अनुसन्धान गर्न आग्रह गरेको थियो ।
बर्लिनस्थित च्यारिटी अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा नाभाल्नीलाई कोमाबाट मेकानिकल भेन्टिलेटरमा सारिएको उल्लेख छ । तर नाभाल्नीमाथि रसायनको असर के कस्तो रहन्छ भनेर अहिल्यै भन्न नसकिने अस्पतालले जनाएको छ । जर्मनीका अधिकारीहरुले गत साता नै नाभाल्नीमाथि नोभिचोक नामको रसायनबाट आक्रमण गरिएको जनाएका थिए ।
बेलायती अधिकारीहरुले पनि रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उहाँकी छोरीलाई सन् २०१८ मा पनि विगतमा यही नोभिचोकबाट आक्रमण गरिएको बताएका छन् । जर्मनीझैं बेलायत, संयुक्तराज्य अमेरिकाले पनि उक्त घटनाप्रति आपत्ति जनाएका छन् । (रासस–एपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया