Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचर्चित फुटबलर बेकह्यामको कम्पनी लन्डन स्टक बजारमा

चर्चित फुटबलर बेकह्यामको कम्पनी लन्डन स्टक बजारमा


लन्डन, भदौ २५
इंग्ल्यान्डका चर्चित फुटबलर डेभिड बेकह्यामको सेयर स्वामित्व रहेको एउटा कम्पनी लन्डन स्टक मार्केटमा सूचीकृत हुने भएको छ । बीबीसीका अनुसार उक्त कम्पनीले २ करोड पाउन्ड स्टर्लिङ सेयर मार्केटबाट उठाउनको लागि कम्पनी लन्डन स्टकमा सूचीकृत हुनलागेको हो ।

गिल्ड एस्पर्ट बेलायतमै फुटबल समर्थकलाई कम्पनीको सेयर बिक्री गर्ने पहिलो कम्पनी हुने बताइएको छ । एस्पर्ट भिडियो गेमिङ कम्पनी हो, जसले लकडाउनका बेला उचाइ लिएको थियो । उक्त कम्पनीले ग्लोबल अनलाइन गेम्समा फिल्ड टिम तयार गर्ने योजना बनाएको छ । उसले प्रिमियर लिगका ट्यालेन्ट खेलाडीको जस्तै फुटबल स्किल बनाउने बताएको छ ।

एस्पर्टले अर्को महिना धेरै संख्याका लगानीकर्तालाई आईपीओ जारी गर्ने बताइएको छ । यसबाट संकलित रकम सबै आफ्नो बजार विस्तारमा खर्च गर्ने कम्पनीले जनाएको छ । बेकह्यामजस्तै ग्यारेथ बेलले पनि यसअघि नै व्यवसायमा हात हालिसकेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x