कोरोनाका कारण विश्वभर दुई करोड ७७ लाख संक्रमित
पेरिस, भदौ २५
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभर दुई पौने तीन करोड मानिस संक्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्म दुई करोड ७७ लाख ५३ हजार दुई सय ४३ जना संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।
कुल संक्रमितमध्ये नौ लाख दुई हजार एक सय आठ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ४१ हजार एक सय ९६ जना संक्रमणमुक्त भइसकेका छन् । विश्वभर अहिले पनि ७० लाख नौ हजार नौ सय ३९ जना संक्रमित अवस्थामै रहेका छन । तीमध्ये ६० हजार तीन सय ९३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार तीन सय ७६ जना संक्रमित भएका छन् भने एक लाख ९४ हजार ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै संक्रमित हुनेमा भारत पुगेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै संक्रमित भएकाहरुको सूचीमा रहेपनि अहिले भारतले ब्राजिललाई उछिनेको छ ।
पछिल्लो विवरणअनुसार भारतमा ४३ लाख ७४ हजार तीन सय १४ जना संक्रमित हुँदा ७३ हजार नौ सय ५३ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै संक्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार एक सय २४ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार पाँच सय १७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया