अमेरिकाले चीनको सिन्जियाङबाट हुने मुख्य निर्यातमा रोक लगाउने
वासिड.टन, भदौ २५
अमेरिकाले चिनियाँ सिन्जियाङ क्षेत्रबाट हुने मुख्य निर्यातमा प्रतिबन्ध लगाउने भएको छ । त्यहाँ मजदुरमाथि अत्याचार गरेको आरोप लगाउँदै अमेरिकाले उक्त निर्णय गरेको जनाइएको छ । प्रस्तावित प्रतिबन्धमा कटन र टोमाटो लगायतका वस्तुहरु पर्नेछन् । दुवै वस्तु चीनको मुख्य निर्यात वस्तु हो ।
ट्रम्प प्रशासनले सिन्जियाङको उइगुर मुस्लिममाथि अत्याचार गरेको भन्दै चीनमाथि दबाब दिँदै आएको छ । पछिल्लो कदम यसकै उपज हो । बितेका वर्षहरुमा चीनले सिन्जियाङमा सुरक्षा व्यवस्था कडा पारेको छ । चीनले पृथकतावादी र आतंककारी आक्रमण हुने भन्दै सुरक्षामा कडाइ गर्दै आएको छ ।
सिन्जियाङमा १० लाख मानिसहरुलाई चीनले जबर्जस्ती नियन्त्रणमा लिएको बताइने गरेको छ । अमेरिकाको भन्सार तथा सीमा संरक्षण (सीबीपी)ले शिपमेन्ट भइसकेका कयौँ शंकास्पद वस्तुहरुमा मजदुरलाई बाध्य पारी उत्पादन गरिएको आशंकामा रोक्नसक्ने गरी काम गरिरहेको बताइएको छ ।
चीनले विश्वको कुल कटनको २० प्रतिशत कटन सिन्जियाङबाटै उत्पादन गर्छ । उक्त क्षेत्र पेट्रोकेमिकल र अन्य सामान (जुन चिनियाँ कलकारखानालाई चाहिन्छ) उत्पादनको मुख्य स्रोत हो । गत हप्ता मात्रै अमेरिकी मनोरञ्जन कम्पनी डिस्नेले सिन्जियाङ प्रान्तमा फिल्म सुटिङ गरेको भन्दै आलोचना भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया