५५ लाख मानिसलाई रोजगारी दिन मोदीले ल्याए मत्स्य सम्पदा योजना
नयाँ दिल्ली, भदौ २६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोबाइल एप इ–गोपालको शुभारम्भ गरेका छन् । यो एपले किसानलाई पशुधनको लागि इ–मार्केटप्लस उपलब्ध गराउनेछ । त्यस्तै मोदीले अत्याधुनिक सुविधा दिने वीर्य केन्द्रको पनि उद्घाटन गरेका छन् । यसमा ८४ करोड भारु लगानी गरिएको छ । यो केन्द्रको लागि विहार सरकारले ७५ एकड जमिन उपलब्ध गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उद्घाटनकै बीच मोदीले किसानहरुसँग पनि छलफल गरेका छन् । मुख्य गरी पशुधन र माछापालन क्षेत्रसँग यो छलफल केन्द्रित रहेको बताइएको छ । यो एक विकास योजना हो । यसले आत्मनिर्भर भारत प्याकेजका माध्यमबाट आर्थिक वर्ष २०२०/०२१ देखि २०२४–२०२५ सम्म सबै राज्यमा कार्यान्वयन हुनुपर्नेछ ।
भारतीय प्रधानमन्त्रीको कार्यालयले पीएमएमएसवाईअन्तर्गत हुने २ खर्ब भारु लगानी माछापालनमा हुनेमध्ये सबैभन्दा ठूलो लगानी भएको बताएको छ । यसमा लगभग १ खर्ब २३ अर्ब भारु समुद्री, अन्तर्देशीय माछापाल र जलीय कृषिमा लाभ केन्द्रित गतिविधिमा तथा ७७ अर्ब १० करोड भारुको लगानी माछापालनको तरिकाको लागि प्रस्ताव गरिएको छ । यो योजनाको उद्देश्य माछा उत्पादन ७० लाख टन बढाउने र २०२४/०२५ सम्म माछा निर्यातबाट १० खर्ब भारुसम्म पु-याउने रहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया