बेलायत र जापानबीच व्यापार सम्झौता गर्न सैद्धान्तिक सहमति
लन्डन, भदौ २८
बेलायत र जापानबीच व्यापार सम्झौता गर्न शुक्रबार एक सम्झौताका लागि सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । एपीका अनुसार युरोपेली युनियन (इयू) सँगको व्यापार वार्ता संकटमा परिरहेको अवस्थामा जापानसँग बेलायतको महत्वपूर्ण सम्झौता भएको हो ।
बेलायती अधिकारीहरुका अनुसार दुबै देशबीच वार्षिक करिब १९ अर्ब डलरको व्यापार हुनेछ, तर सम्झौताको विस्तृत विवरण भने दिइएको छैन । बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिज ट्रसले बेलायतका औद्योगिक सामग्री, खाद्य तथा पेय, र प्रविधि उद्योगलाई जापानी बजारमा सहज पहुँच हुने जानकारी दिए ।
बलायतका सामानमा जापान प्रवेश गर्दा ९९ प्रतिशतसम्म भन्सार छुट हुने भएकाले एसिया प्रशान्त क्षेत्रमा बेलायतको उपस्थिति बलियो हुने मन्त्री ट्रसले बताए । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानसँगको नयाँ सम्झौताले बेलायतको अर्थतन्त्रमा करिब १५ अर्ब डलरको थप योगदान पुग्ने बेलायत सरकारको आँकलन छ । ईयूसँग व्यापार सम्झौता नभएको अवस्थामा बेलायतमाथि ठूलै संकट उत्पन्न हुने विश्लेषकहरुको भनाइ छ ।
सन् २०१९ मा बेलायतले करिब ३७ अर्ब पाउन्डबराबरको सामान जर्मनी निर्यात गरेको थियो जुन बेलायतको कुल निर्यातको झण्डै १० प्रतिशत थियो । जापानतर्फ बेलायतको निर्यात करिब सात अर्ब डलर मात्र थियो जुन कुल निर्यातको २ प्रतिशतभन्दा केही कम थियो । यद्यपि ईयूसँगको वार्ता अझै जारी छ र ब्रसेल्समा सोमबारदेखि पुनः वार्ता हुँदै छ ।
गत जनवरी ३१ मै बेलायतले इयू परित्याग गरे पनि यस वर्षको अन्त्यसम्म इयूसँग भन्सार रहित स्वतन्त्र व्यापार गर्न बेलायतलाई छुट छ । तर सन् २०२१ देखि बेलायत र इयूबीच कसरी व्यापार र अन्य सम्बन्धहरु विकास हुन्छन् भन्ने अझै अन्यौल छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इयूसँग सम्झौता नभए पनि बेलायत ईयूबाट बाहिर निस्कने बताइसकेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया