Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाको बजेट घाटा ३० खर्ब डलर

अमेरिकाको बजेट घाटा ३० खर्ब डलर


वासिड.टन, भदौ २०
अमेरिकी बजेट घाटाले कीर्तिमान कायम गरेको छ । कोरोना महामारीका बेला विशाल आकारका राहत प्याकेज ल्याएसँगै बजेट घाटा ३० खर्ब अमेरिकी डलर पुगेको बताइएको छ ।

चालू आर्थिक वर्षमा अमेरिकी संघीय सरकारले ६० खर्बभन्दा बढी अमेरिकी डलर पहिलो ११ महिनामा नै खर्च गरेको छ । यसमा २० खर्ब डलर त कोरोना महामारीसँग सम्बन्धित राहत प्याकेज रहेको ट्रेजरी डिपार्टमेन्टले जनाएको छ । यसले करबाट संकलित ३० खर्ब डलरलाई उछिनेको छ । यो घाटा सन् २००९ को पूरै वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । उक्त समयमा वासिङटनले सन् २००८ को हाउजिङ वित्तीय संकटको सामना गर्नुपरेको थियो ।

महामारीअघि यो वर्ष अमेरिका १० खर्बभन्दा बढी घाटाको ट्र्याकमा थियो । तर भाइरस महामारीबाट अर्थतन्त्र जोगाउनेतिर लाग्दा बजेट घाटा आकाशिएको हो । अमेरिकी संसद्को बजेट कार्यालयले यही महिना वार्षिक बजेट घाटा ३३ खर्ब डलर पुग्ने अनुमान गरेको थियो । जुन वर्षगत तुलनामा तेब्बर बढी हो । अमेरिकी संघीय सरकारको आर्थिक वर्ष सेप्टेम्बरमा सकिन्छ । डिपार्टमेन्टले कुल अमेरिकी ऋण २६ खर्ब डलर पुग्ने अनुमान गरेको छ ।

अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोमी पवेलले गत जुनमै अमेरिकाको खर्च दिगो नभएको बताएका थिए । अप्रिल–जुन अवधिमा अमेरिकी अर्थतन्त्रमा वार्षिक दरमा ३० प्रतिशतभन्दा बढीले संकुचित भएको थियो । अमेरिकामा कुलमध्ये २० प्रतिशत अर्थात् ३ करोड मानिसहरु बेरोजगारी लाभ लिने अवस्थामा रहेका छन् । यद्यपि महामारीका कारण बन्द व्यवसाय विस्तारै खुलिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x