राजनीतिक तनाव : झण्डै आधा घट्यो अस्ट्रेलियामा चिनियाँ लगानी
क्यानबेरा, भदौ ३०
अस्ट्रेलियामा चिनियाँ लगानी झण्डै आधा परिमाणले घटेको छ । दुई देशबीच पछिल्लो समय बढिरहेको तनावका कारण अस्ट्रेलियामा चिनियाँ लगानीमा कमी आएको हो । योसँगै लगातार तेस्रो वर्ष चिनियाँ लगानी क्रमशः घटेको हो । सन् २०१८ मा ४ अर्ब ८० करोड अस्ट्रेलियन डलरको लगानी भएकामा सन् २०१९ मा ४७ प्रतिशतले घट्र साढे २ अर्ब अस्ट्रेलियन डलरमा झरेको रोयटर्सले जनाएको छ ।
तर सन् २०१६ मा भने १५ अर्ब ८० करोड अस्ट्रेलियन डलरको चिनियाँ लगानी भित्रिएको थियो । खासगरी खानी, रियल स्टेट, व्यावसायिक, उत्पादन र कृषिमा चिनियाँ लगानी कम भइरहेको बताइएको छ ।
पछिल्लो समय दुई देशबीच तिक्तता आएसँगै चीनले अस्ट्रेलिया पढ्न र यात्रा गर्ने आफ्ना नागरिकलाई कडाइ गरिरहेको छ भने त्यहाँबाट हुने वस्तु आयात पनि घटाइरहेको छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको अस्ट्रेलियामा चिनियाँ लगानीसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । खानी क्षेत्रमा चीनले उल्लेख्य लगानी गर्ने गरेको थियो ।
वैदेशिक हस्तक्षेप, अस्ट्रेलियन पत्रकारलाई चीनमा गरिएको कडाइ, साइबर आक्रमण, व्यापार, हङकङ र कोभिड १९ महामारीलगायतका विषयमा दुई देश पछिल्लो समय आमनेसामने भएका छन् । अस्ट्रेलियाले विदेशी कम्पनीमाथि अख्तियार गरेको कडा नीति, हुवावेमाथि गरेको प्रतिबन्धलगायतले पनि चिनियाँ लगानी प्रवाहमा असर गरेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया