जापानको निर्यात १५ प्रतिशतले घट्यो, शोधनान्तर बचत बढ्यो
मिटो, असोज १
कोरोनाभाइरसको महामारीले उद्योगहरूको एक विस्तृत श्रृंखलालाई धक्का दिएको र उपभोक्ताको माग बढेका कारण जापानको व्यापार बचत अगष्ट महिनामा अझ फराकिलो भएको छ । अघिल्लो वर्षको तुलनामा निर्यातमा १५ प्रतिशत गिरावट आएपनि आयातमा २० प्रतिशतभन्दा बढी खस्किएपछि व्यापार बचतको अंक फराकिलो हुँदै गएको जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
एउटा दुर्लभ पक्ष के छ भने चीनतर्फको निर्यात ५ प्रतिशतले बढेको छ । तर संयुक्तराज्य अमेरिकासँगको निर्यात र आयात दुवै २० प्रतिशतभन्दा बढीले खस्किएको छ । यही कारण जापानको व्यापार बचत झण्डै २० प्रतिशतले वृद्धि भएर करिब तीन अर्ब ५० करोड डलर पुगेको छ । धेरै जापानी निर्माताहरुले चीनमा निर्माण हुने सामानका लागि रसायन र उपकरणहरु लगायत उपलब्ध गराउँछन् । मजबुत निर्यातले हालका वर्षहरुमा जापानको अर्थतन्त्र माथि उकास्न ठूलो सहयोग पु¥याएको छ तर पछिल्ला वर्षहरुमा चीनको अर्थव्यवस्था सुस्त भएपछि र महामारीले सिर्जना गरेको विषम परिस्थितिले जापानको निर्यात व्यापारमा पनि असर परेको छ ।
चीन, अमेरिका र युरोपमा महामारीसँग सम्बन्धित बन्दाबन्दी केही खुकुलो भएसँगै निर्यातमा भएको गिरावट कम हुँदै गएको छ । निर्यातमा मे महिनामा २८ प्रतिशत, जुनमा २६ प्रतिशत र जुलाईमा १९ प्रतिशतले घटेको थियो । अगष्टमा निर्यात ४९ अर्ब डलर भएकोमा आयाततर्फ ४७ अर्ब डलरमात्र भएको थियो जसबाट बचत २ अर्ब ४० करोड डलर भएको थियो । अगष्टमा अधिकांश श्रेणीका उत्पादनहरूको व्यापारमा गिरावट आएको छ जब कि यातायातका साधनहरूको निर्यात जस्तै सवारी सवारीसाधनको निर्यातमा २३ प्रतिशतले गिरावट आएको छ । तर, कम्प्युटर र फोनको निर्यात बढेको छ ।
दक्षिणपूर्व एशियाली मुलुकहरुतर्फको निर्यातमा निकै कमी आएको छ र यो झण्डै २४ प्रतिशतले घटेको वित्त मन्त्रालयको भनाई छ । कडा प्रतिबन्ध र क्वारेन्टाइनका बीच व्यापार र पर्यटन गतिविधि सुस्त भएकाले पनि निर्यात घटेको हो । व्यापार बचत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तेल, ग्यास र अन्य इन्धनको आयातमा ४५ प्रतिशतले घटेको छ । समग्रमा, आयात निरन्तर १६ महिनादेखि घट्दोक्रममा रहेको छ । क्यापिटल इकनामिक्सका टम लियरमाउथका अनुसार पछिल्ला कमजोरीका बाबजूद निर्यातका लागि माग बढ्न थालेको छ ।
जापानमा योशिहिदे सुगाले लिए प्रधानमन्त्रीको शपथ
टोकियो,
जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिएका छन् । उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन् । अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ ।
मन्त्रिपरिषद्का २० सदस्यमध्ये १५ जना तत्कालीन प्रधानमन्त्री शिन्जो आबेकै मन्त्रिपरिषद्का सदस्यहरु हुन् । नयाँ मन्त्रिपरिषद्मा न्यायमन्त्री योको कामिकावा र ओलम्पिक र प्यारा ओलम्पिक मन्त्री सेको हाशिमोतो दुई महिला मात्र छन् । जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोलाई मन्त्रिपरिषदको मुख्य सचिवको जिम्मेवारी दिइएको छ । जापानमा मुख्य सचिवले नीति समन्वयक र सरकारका शीर्ष प्रवक्ता दुबैको भूमिका खेल्दछन् ।
यसैबीच, पूर्व प्रधानमन्त्री शिन्जो आबेका कान्छा भाइ एवं पूर्व उप विदेशमन्त्री नोबुओ किशीलाई नवगठित मन्त्रिपरिषदमा रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । पूर्वप्रधानमन्त्री आबेको मन्त्रिपरिषदका सबै सदस्यले बुधबार बिहान सामूहिक राजीनामा दिएका थिए । आबेले पछिल्लो महिना स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामाको घोषणा गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया