‘चिनियाँ वस्तुमाथि लगाइएको अमेरिकी कर अन्तर्राष्ट्रिय कानुनविपरीत’
अमेरिका, असोज १
विश्व व्यापार संगठनले अमेरिकाले सन् २०१८ मा चिनियाँ वस्तुमाथि लगाएको कर अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको जनाएको छ। उक्त भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय व्यापार नियमअनुसार नरहेको डब्लुटीओले ठहर गरेको हो ।
साथै उसले अमेरिकाले प्रविधि चोरीलगायत चीनमाथि लगाएको आरोपमा कुनै प्रमाण पनि दिन नसकेको बताएको छ । चिनियाँ अधिकारीहरुले विश्व व्यापार संगठनको यस्तो निर्णयको स्वागत गरेका छन् । तर अमेरिकाले भने डब्लुटीओले चीनमाथि नरम भएको भन्दै पछिल्लो निर्णयमा आपत्ति जनाएको छ ।
अमेरिकाका वरिष्ठ व्यापार सहजीकर्ता तथा डब्लुटीओका लागि दूत रोबर्ट लाइथाइजरले गलत व्यापार अभ्यास रोक्न अमेरिकालाई दिनुपर्ने बताए । उनले आफूहरुले यसका प्रमाण दिए पनि डब्लुटीओले चीनलाई छुट दिएको बताए ।
सन् २०१८ मा ट्रम्प प्रशासनले तीन खर्ब डलरभन्दा बढीका चिनियाँ वस्तु आयातमा कर बढाएको थियो। सोसँगै चीनले विश्व व्यापार संगठनमा उजुरी गरेको थियो । अमेरिकाले आफ्नो प्रविधि चीनले चोरेको, कम्पनीहरुलाई व्यापार नीतिविपरीत सब्सिडी (अनुदान सहुलियत) दिएको र गलत व्यापार अभ्यास गरेको आरोप लगाउँदै आएको छ। चीनले भने अमेरिकी निर्णयको विरोध गर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया